images
images

लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे बैंक, बोनससँगै नगद लाभांश पनि

लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे बैंक, बोनससँगै नगद लाभांश पनि

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे बैंक, बोनससँगै नगद लाभांश पनि

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक बर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको ४८६ औँ बैठकले गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

    images
    images

    बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

    बैंकले प्रस्ताव अनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

    गत वर्ष पनि बैंकले कुल १४ प्रतिशतनै लाभांश वितरण गरेको थियो । गत वर्ष पनि बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको छ भने रिर्जभमा ४ अर्ब ४६ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ५६ करोड रुपैयाँ र शेयर प्रिमियममा ३ करोड रुपैयाँभन्दा बढी सञ्चित गरेको छ । 

    यस्तै, बैङ्कले १ खर्ब २६ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ मात्रै ऋण लगानी गरेको छ भने वितरणयोग्य नाफा १ अर्ब ५६ करोड भन्दा बढी रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार