images
images

‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स : विशेष सत्रमा अर्थमन्त्री आउने, यी विषयमा बहस हुने

‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स : विशेष सत्रमा अर्थमन्त्री आउने, यी विषयमा बहस हुने

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स : विशेष सत्रमा अर्थमन्त्री आउने, यी विषयमा बहस हुने
    images
    images

    काठमाडौँ / बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’को  ‘डुओलग’ सत्रमा अर्थमन्त्री प्रकाशशरण महत आउने भएका छन । 
    बैङ्किङ्ग समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा आगामी भदौ १८ गते सोमबार काठमाडौँस्थित सोल्टी होटलमा हुने उक्त कार्यक्रममा बैङ्किङ्ग समाचारका प्रकाशक राजु ढुंगेल र अर्थमन्त्रीबीच विशेष प्रश्नोत्तर हुने भएको हो ।


    कार्यक्रमको उक्त विशेष सत्रमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुकता, जनमासमा बीमा प्रतिको बुझाई, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्वपूर्ण पाटो, स्थिती र चुनौती लगायतका विषयहरूमा बृहत परिसंवाद गरिने भएको हो । 

    उक्त सत्रमा अर्थमन्त्रीलाई आजको बीमा क्षेत्रका यथार्थ र मिथकहरू, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरूमा निर्भरता कहालीलाग्दो अवस्था जस्ता  विषयहरूमा गहन बिमर्श हुने भएको छ ।

    ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य ४ सत्रमा हुँदैछ बृहत बहस 

    विशेषगरी ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य ४ सत्रहरूमा छलफल हुनेछ । यसमा अर्थमन्त्रीसँग डुओलग बिशेष सत्र पनि हुने बताइएको छ । डुओलग बिशेष सत्रमा बैङ्किङ्ग समाचारका प्रकाशक राजु ढुंगेलले गर्नेछन् । 

    यस्ता छन् मुख्य ४ शीर्षकहरू 

    १) बीमा समावेशीतामा सङ्घीय सरकार र स्थानीय निकायबीचको सहकार्य 

    २) निर्जीवन बीमा क्षेत्रका चुनौती र नेपाली सन्दर्भमा यसका आयामहरू 

    ३) नेपालमा जीवन बीमा कम्पनीहरूको प्रभाव

    ४) नेपालमा बीमा कम्पनीहरूको सचेतना र डिजिटलाइजेसन 

    ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ माथिका यीनै विषय वस्तुमा मुलभूत छलफल हुने बताइएको छ ।  

    ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ किन ? 

    बीमा व्यवसाय सुरुवात भएको ५ दशकभन्दा लामो समय भइसकेको अवस्थामा पनि बीमा फाईदा नभई सुरक्षा हो भन्ने मुल शिक्षा जनमानसले बुझिरहेका छैनन् । कोभिड-१९ को संक्रमण, विगतमा आएको विनासकारी भूकम्पले बीमा नहुँदा सरकारकै ठुलो धनको क्षती हुन पुग्यो ।

    फलस्वरूप आर्थिक मन्दीका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रभावित भएको छ । यसै परिपेक्षलाई ध्यानकेन्द्रित गर्दै  बैंकिङ्ग समाचारको अथक पहलबाट ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्र्स ’ को आयोजना गर्न लागेको हो ।

    कोको हुँदैछन सहभागी ? 

    कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महत, बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद शिलवाल, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललगायत अन्य बिशिष्ट व्यक्तिहरू र सञ्चारकर्मीहरूको बाक्लो उपस्थित हुने बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार