images
images

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बैंकिङ कारोबार ४ दिन बन्द हुने, यस्तो छ कारण

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बैंकिङ कारोबार ४ दिन बन्द हुने, यस्तो छ कारण

मंगलवार, भदौ १९ २०८०
मंगलवार, भदौ १९ २०८०
  • श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बैंकिङ कारोबार ४ दिन बन्द हुने, यस्तो छ कारण

    काठमाडौँ / श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बैंकिङ कारोबार भदौ २० गते पूर्ण रुपमा बन्द हुने भएको छ । 

    images
    images

    कम्पनीले आज एक सूचना जारी गर्दै कोर बैंकिङ सिस्टम प्रतिस्थापना गर्नु पर्ने भएकाले भदौँ २० गते बिहान ८ बजेदेखि भदौ २३ गते शनिबार राती १२ बजेसम्म बैंकिङ कारोबार बन्द हुने जानकारी दिएको हो ।

    उक्त ४ दिन कम्पनीको बैङ्किग कारोबारको साथसाथै खाता नम्बर परिवर्तन हुने भएको छ । फाइनान्स कम्पनीले आफ्नो सेवालाई परिष्कृत गर्न कोर बैंकिङ्ग सिस्टम (सीबीएस) प्रतिस्थापन गर्ने भएकाले चार दिन कारोबार बन्द हुने जनाएको छ ।

    डाटा माइग्रेशन पश्चात् ग्राहकहरुले नयाँ कायम भएको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सकिने कम्पनीले जनाएको छ । साथै, अन्य निकायहरु जस्तै, सेयर दलाल तथा हितग्राही खातामा ग्राहक आफैले नयाँ खाता नम्बर अध्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।

    बैकिङ्ग कारोबारहरु बन्द रहने दिनमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरुको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क राख्नु हुन अनुरोध गरेको छ । बैंकिङ कारोबार बन्द हुँदा ग्राहकहरूमा पर्न जाने असरप्रति कम्पनीले क्षमा मागेको छ ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार