images
images

साङ्गे विद्युतको बार्षिक साधारण सभा असोज ९ गते, आइपीओ निष्काशनसहित यी प्रस्ताव पारित गरिने

साङ्गे विद्युतको बार्षिक साधारण सभा असोज ९ गते, आइपीओ निष्काशनसहित यी प्रस्ताव पारित गरिने

मंगलवार, भदौ १९ २०८०
मंगलवार, भदौ १९ २०८०
  • साङ्गे विद्युतको बार्षिक साधारण सभा असोज ९ गते, आइपीओ निष्काशनसहित यी प्रस्ताव पारित गरिने

    काठमाडौँ / साङ्गे विद्युत कम्पनी लिमिटेडले कम्पनीको बार्षिक साधारण सभा असोज ९ गते गर्ने भएको छ । 

    images
    images

    कम्पनीको सञ्चालक समितिको बैठकले सभाको स्थान र मिति तय गरेको हो । सभा केन्द्रीय कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि अनलाइन मार्फत बस्ने कम्पनीले जनाएको छ । 

    सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को नगद लाभांश (कर सहित) प्रस्ताव अनुमोदन गर्नेछ । आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ र २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

    त्यस्तै, कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायको निर्देशनमाप्रबन्धपत्र, नियमावलीमा आवश्यक थपघट गर्नुपर्ने भए सो सम्बन्धी कार्य गर्नका लागि कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार