images
images

कनेक्ट आइपिएस र एनआईसी एशिया बैङ्कबीच सहकार्य : ‘फन्ड ट्रान्सफर’मा हरेक हप्ता मोवाइल फोन हातमा अफर

कनेक्ट आइपिएस र एनआईसी एशिया बैङ्कबीच सहकार्य : ‘फन्ड ट्रान्सफर’मा हरेक हप्ता मोवाइल फोन हातमा अफर

शुक्रवार, भदौ २२ २०८०
शुक्रवार, भदौ २२ २०८०
  • कनेक्ट आइपिएस र एनआईसी एशिया बैङ्कबीच सहकार्य : ‘फन्ड ट्रान्सफर’मा हरेक हप्ता मोवाइल फोन हातमा अफर
    images
    images

    काठमाडौँ / एनआईसी एशिया बैङ्कले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोवाइल बैङकिङ्ग ग्राहकहरूका लागि ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । 

    डिजिटल बैङ्किङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको सो बैङ्कले आफ्ना ग्राहकहरूका लागि यस्तो अफर ल्याएको हो । 
    उक्त अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैङ्किङ्ग ग्राहकले यस बैङ्कको मोबाइल बैङ्किङ्ग एप प्रयोग गरी कनेक्ट आइपिएसमार्फत फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । 

    भदौ १७ गतेदेखि असोज २० गतेसम्म लागु हुने उक्त सो अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ । उक्त विजेताको जानकारी एनआई सी एशिया बैङ्कको आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरिनेछ ।
    फन्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैङ्किङ्ग सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बैङ्क युजिङ कनेक्ट आइपिएस छनौट गर्नुपर्छ । 

    यसरी फन्ड ट्रान्सफर गर्दा कनेक्ट आइपिएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैङ्किङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैङ्कले लिएको छ । 

    हाल २४ लाखभन्दा बढी मोवाइल बैङ्किङ्ग ग्राहकहरूले एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैङ्किङ्गमा रहेको कनेक्ट आइपिएसमार्फत प्रति दिन प्रति कारोबार ३ लाख रूपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ । 

    एन आई सी एशिया बैङ्क मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैङ्कहरू मध्येको बैङ्क हो । यस बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०१ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैङ्क सफल भएको छ । 

    देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैङ्किङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैङ्क सफल भएको छ ।

     वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैङ्कले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार