images
images

नाडा अटो सो आजदेखि सुरु, २० अर्ब बढीको व्यापार हुने अनुमान

नाडा अटो सो आजदेखि सुरु, २० अर्ब बढीको व्यापार हुने अनुमान

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • नाडा अटो सो आजदेखि सुरु, २० अर्ब बढीको व्यापार हुने अनुमान

    काठमाडौँ / १५ औँ संस्करणको वृहत् नाडा अटो सो आज मंगलबारदेखि राजधानीमा सुरु हुँदैछ। ‘द बिगेस्ट शो अफ नेपाल’ भनिएको अटो शो को कुम्भ मेलामा दर्जन बढी नयाँ सवारी साधन प्रदर्शनको तयारी छ । 

    images
    images

    आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार कोभिड–१९ पछि अर्थात झण्डै ४ वर्षपछि आयोजना भएको नाडा अटो सोमा साना ठूला गरी १२० स्टल रहेका छन् । 

    प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहनेछन् । जसमध्ये १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा बैङ्क तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरू सहभागी भएका छन् । 

    भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म अर्थात ६ दिनसम्म चल्ने अटो सोमा २० अर्ब रुपैयाँ बढीको व्यापार हुने र ७५ हजार अवलोकनकर्ताहरू भित्रिन सक्ने आयोजकको अनुमान रहेको छ । 

    भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने अटो शोको अवलोकनकर्ताका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ । 

    प्रदर्शनीमार्गको सवारी चाप, पार्किङ व्यवस्थापनका लागि पहिलो पटक नाडाले सटल बसको व्यवस्था गरेको छ । 

    दुई पाङ्ग्रे सवारीका लागि भृकुटीमण्डपमा नै व्यवस्था गरिएको छ भने चार पाङ्ग्रे सवारीका लागि प्रदर्शनीमार्ग बाहिरको तीन वटा स्थानमा व्यवस्था गरिएको र निःशुल्क सटल बसको व्यवस्था गरिएको अटो शोका संयोजक अनुप बरालले जानकारी दिए । 

    कुन कम्पनीको कुन ब्रान्ड हुनेछ प्रदर्शनीमा ?

    टाटाको ‘टियागो इभि’ 

    नेपाली बजारमा लोकप्रिय रहेको टाटा मोटर्सले यसपटककोनाडा अटो सोमा बहुप्रतीक्षित टियागो इभि प्रस्तुत गर्ने भएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले अटो शोलाई नै तार्गेट गरेर नयाँ इलेक्ट्रिक टियागो प्रस्तुत गर्ने भएको हो ।

    टाटाले भदौ २६ गतेको अटो शोमा हचब्याग सेगमेन्टको बहुप्रतिक्षित टियागो इभि लन्च गर्न लागेको हो । नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ । टाटाले नेक्सनमा ३ वटा मोडल, टिगोरसँगै टियागोको बुकिङ गरिरहेको छ । हालसम्म सबैभन्दा धेरै विद्युतीय गाडी टाटा ब्रान्डकै छन् ।  त्यसमा नेक्सन इभि बढी चलेको छ ।२२ देखि ३० लाख रुपैयाँभित्रै उपलब्ध हुने टियागोले निम्न र इन्ट्री लेभलका ग्राहकलाई समेत तान्ने कम्पनीको भनाइ छ ।

    बीवाईडीको ‘डल्फिन’

    विश्व प्रसिद्ध इभि ब्रान्ड बीवाईडीले नाडा अटो सोमा विद्युतीय गाडी डल्फिन सार्वजनिक गर्ने भएको छ । ह्याचब्याक सेग्मेन्टको डल्फिन खासगरीनाडा अटो सोलाई नै तार्गेट गरेर साइमेक्स बीवाईडीले २ महिना अघि नै मात्र सो कार नेपाल भित्र्याएको हो । 

    कम्पनीले यसअघिको अट्टो–३, ई–६ को साथमा डल्फिनलाई अटो शोमा प्रदर्शन गर्ने भएको छ । मध्यम रेन्जको ह्याचब्याक सेग्मेन्टको डल्फिनको मूल्य कम्पनीले ४० देखि ४५ लाख रुपैयाँ तोक्न सक्ने अनुमान गरिन्छ । सो अवसरमा अवसरमा बीवाईडीको आधिकारिक वितरक साइमेक्सले ‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा समेत गरेको छ ।

    कम्पनीका अनुसार क्याम्पेनअन्तर्गत हाल सडकमा कुदेका डल्फिनको भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई उपहार प्रदान गरिनेछ । बीवाईडी डल्फिनलाई स्टाइलिस डिजाइनमा बेरेर काठमाडौँका सडकमा गुडाइरहेको कम्पनीले जनाएको छ । यसमा सहभागी ३ जनाले १ लाख रुपैयाँका दरले पुरस्कार पाउने र सबै सहभागीले नाडा अटोसोमा निःशुल्क टिकट पाउने कम्पनीले जानकारी दिएको छ ।

    एमजीको ‘एमजी–४’ र ‘कोमेट’

    एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाण्ट मोटर्सले नाडा अटो सोमा नयाँ दुई इभि मोडल एमजी(४ र कोमेट प्रदर्शनीमा राख्ने भएको छ । यसअघि मात्र ७२ किलोवाट ब्याट्री क्षमतामा ४४० किलोमिटर लङ रेञ्ज दिने एमजी जेटएस इभि बजारमा ल्याएको कम्पनीले पछिल्लो पटक एमजी(४ बजारमा उतारेको हो । एमजी(४ मध्यम रेन्जको ह्याचब्याक सेग्मेन्ट कार हो । यस्तै, कम्पनीले नाडा अटो सोमा नै प्रदर्शन गर्ने तयारी गरेको कोमेट इभि मिनी कार हो । 

    बजार प्रतिस्पर्धाका आधारमा एमजी–४ को मूल्य ४५ देखि ५० लाखको बिचमा र कोमेट इभिको २० देखि ३० लाखको हुनसक्ने अनुमान गरिएको छ । बेलायतको ‘कार अफ दी इयर २०२३’ अवार्ड जित्न सफल एमजी–४ निकै राम्रो गर्न सक्ने मोडल मानिन्छ । यी दुई नयाँ मोडलसँगै एमजीसँग अब ३ मोडलमा इभि उपलब्ध हुनेछ । कम्पनीले २०१९ देखि बिक्री गर्दै आएको जेडएस इभि नेपालको सफल कम्प्याकट एसयूभी हो । 

    चाङ्योङ ब्रान्डको ‘सेरेस’ 

    नेपालका लागि चाङ्योङ ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले सेरेस ब्रान्डका दुईवटा मोडल भित्र्याएको हो । कम्पनीले बहुप्रतिक्षित इभि सेरेस(३ र ई(१ नेपाल भित्र्याएको हो । अटो शोबाटै नेपालमा आफ्नो उपस्थिति जनाउन लागेको सेरेस ब्रान्डले १३ लाखदेखि ५० लाख रुपैयाँभित्र इभि उपलब्ध गराउने तयारी गरेको छ । इभिमा मध्यम रेन्जको सेरेस(३, ४५ देखि ५० लाख रुपैयाँ हारहारीमा उपलब्ध गराउने तयारी कम्पनीले गरेको बुझिएको छ । 

    विश्वभर ७० देशमा सेरेस ब्रान्डको उपस्थिती रहेको छ । सेरेसले चीनसँगै अमेरिका र जापानसँग मिलेर विद्युतीय गाडीको विषयमा अध्ययन अनुसन्धान गरिरहेको छ । अटो शोमा सार्वजनिक गर्न लागेको मोडलमा ६ एयरब्याग, ईएसपी, इबीएरईबीडी, हिललञ्च एसिस्टेन्स, अटो होल्ड, लेन डिपार्चर वार्निङ, क्रुज कन्ट्रोल, ३६० क्यामेरा लगायतका सुविधा रहेका छन् । एमएडब्लु ग्रुपको नेपालमा स्कोडा, जिप, जेसिबी, यामाहा, चांगन एन्ड फोटन लगायतका ब्रान्ड रहेका छन् ।

    सिजी मोटरको ‘नेटा यू’

    चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरलेनाडा अटो सोमा ‘नेटा यू’ ल्याउने बताइएको छ । यसअघि कम्पनीले नेटा भी लाई बजारमा उतारेकोमा पछिल्लो पटक सोही सेग्मेन्टको यू सेरिजलाई बजारमा ल्याउने भएको हो । अटो शोका लागि केही युनिट कार ल्याए पनि कम्पनीले तत्काल नेटा यूको बिक्री वितरण गर्ने छैन । कम्पनीले नेटा भीको फेसलिफ्ट मोडल सहित नेटा यू मोडल पनि प्रदर्शनी गर्ने तयारी गरेको हो ।

    सिजी मोटर्सले नेपालमा बिक्री गर्दै आएको नेटा भी निकै सफल क्रसओभर मोडल हो । यसको फेसलिफ्ट मोडल नाम नै परिवर्तन भएर आउन लागेको छ । तर, नेपालमा बिक्रीको लागि भने सन् २०२४ को सुरुवातबाट मात्रै उपलब्ध हुने अनुमान गर्न सकिन्छ । नेटा यू मोडल कम्प्याक्ट एसयूभी हो । नेटा यू प्रो मोडलको लम्बाई ४५३० एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ । यसमा २७७० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

    कियाको ‘इभि-६’

    कोरियाली कम्पनी किया मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङले सोल र निरो विद्युतीय मोडलपछि प्रिमयम सेगमेन्टको इभि ६ ल्याउन लागेको बताएको छ ।
    नाडा अटो शोको अवसर पारेर कम्पनीले हाई लग्जरियस इभि कार ‘इभि–६’ सार्वजनिक गर्ने तयारी गरेको हो ।

    कम्पनीले नाडा अटो सोमा गाडी ल्याउने गरी साउनदेखि किया बुकिङ खुला गरेको थियो । कम्पनीले बुकिङ खुल्ला गरेपनि आधिकारिक मुल्य सार्वजनिक गरेको छैन । १ करोड भन्दा बढी पर्ने अनुमान गरिएको छ । अटो शोमा उपलब्ध हुने सबैभन्दा महङ्गो इलेक्ट्रिक कार हुने समेत अनुमान गरिएको छ । 

    जी इभिको 'एलइडी डिआरएल'

    बजारमा इभिको माग बढेसँगै नयाँ नयाँ ब्रान्डका गाडीहरू भित्रिने क्रम जारी छ । सोही क्रममा जी इभिको नामक कम्पनीलेनाडा अटो सोमा नयाँ ब्रान्डको इलेक्ट्रिक कार नेपाल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ ब्रान्डको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर, नयाँ आउने एसयूभीको एलइडी डिआरएल भएको खुलेको छ । 

    कम्पनीले अटो शोमा नयाँ ब्रान्डको लागि जी इभि कम्पनीको नाममा स्टल भने बुकिङ गरेको छ । स्टल नै बुकिङ गरेको कारण कम्पनीले भोलि नै नयाँ ब्रान्ड सार्वजनिक गरेको छ । कम्पनीले नेपाल ल्याउन लागेको इलेक्ट्रीक ब्रान्ड भने चीनमा उत्पादन भएको हुने जनाएको छ । 

    जी मोटर्सको रूपमा यसअघि रेनो ब्रान्डको डिलर भएर काठमाडौँ र भक्तपुरमा गाडी बिक्री गर्दै आएको कम्पनीले अब भने आफैँ नयाँ ब्रान्डको गाडी ल्याउन लागेको हो । कम्पनीले उपलब्ध गराउने इभि एसयूभी हालसम्म नेपालमा उपलब्ध मध्यकै उच्च रेन्ज भएको मोडल बन्ने कम्पनीको दाबी छ ।

    अन्य ब्रान्डहरू

    ग्रेटवाल मोर्टस (जीडब्र्लूम) नेपालले ओरा ०३ इभिनाडा अटो सोमा प्रदर्शन गर्ने भएको छ । त्यस्तै, अन्य ब्रान्डहरूले समेत उपलब्ध इभि मोडलहरू प्रदर्शनीमा राख्ने तयारी गरेका छन् । नेपाली अटो बजारमा प्रख्यात कम्पनी हुण्डाईले नयाँ प्रोडक्टका साथमा पुराना इभि र पेट्रोलियम गाडीलाई प्रदर्शनीमा राख्ने तयारी गरेको छ । कमर्सियलमा हुण्डाई एक्सटर र टाटा पन्च अटो शोको अर्को आकर्षण बन्ने देखिएको छ । महिन्द्राको न्यू ‘स्कर्पियो एन’ क्लासिक, सिट्रोन–सी३, पेट्रोलियमका साथमा इभि समेतनाडा अटो सोमा प्रस्तुत गरिने भएको छ । 

    अटो शोमा सहभागी नहुने चार चर्चित ब्रान्ड 

    यस बर्ष नाडा अटो सोमा चर्चित चार ब्रान्ड भने सहभागी नहुने भएको छ । विश्वकै ठूला कम्पनीहरू टोयोटा र फक्सवागेन र अमेरिकी ब्रान्ड जीपको उत्पादन पनि अटो शोमा सहभागी नहुने भएको हो । त्यस्तै, दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने ठूला मध्येको एक ब्रान्ड यामाहा पनिनाडा अटो सोमा सहभागी नुहने भएको छ । नयाँ मोडल नहुँनु, व्यापारमा गिरावट आउनु तथा नयाँ उत्पादनको अभाव यी कम्पनीहरू प्रदर्शनीमा सहभागी नहुने बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार