चर्चित समाचार
  • एनसेलले १८ औं वार्षिकोत्सव मनाउँदै : यस्ता छन् १८ का लागि १८ कार्यक्रम, सीईओसँग सिधै गुनासो राख्न सकिने !

    एनसेलले १८ औं वार्षिकोत्सव मनाउँदै : यस्ता छन् १८ का लागि १८ कार्यक्रम, सीईओसँग सिधै गुनासो राख्न सकिने !

    आइतवार, भदौ ३१ २०८०
    आइतवार, भदौ ३१ २०८०
  • एनसेलले १८ औं वार्षिकोत्सव मनाउँदै : यस्ता छन् १८ का लागि १८ कार्यक्रम, सीईओसँग सिधै गुनासो राख्न सकिने !

    काठमाडौं/  एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८ औं वार्षिकोत्सव मनाएको छ । 

    कम्पनीले आम नेपाली समुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गरिरहेको कम्पनीले जनाएको छ । 

    सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा संचालनमा ल्याएको थियो । 

    त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याउन सफल कम्पनी मानिन्छ ।

    सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको कम्पनीको दाबी छ । 

    सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवादेखि नेपाली व्यवसायहरुलाई उनीहरुका सञ्चार आवश्यकताहरु पुरा गर्न नवीनतम सेवाहरु प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको छ ।

    सीईओ एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ यस्तो भन्छन्, 

    ‘१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं । एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेबार बनेका छौं ।

    ncell 4.JPG

    बहुसंख्यक नेपालीहरूका लागि पाउन कठिन हुने सेवा र सुविधाहरुमा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुनेछ । एनसेल इज ‘हामी तपाईंकै लागि’ अर्थात हामी तपाईंकै लागि हौं र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौं ।”


    ‘हामी तपाईकै लागि’ थिमको घोषणा

    नयाँ यात्राको शुरुवातसँगै एनसेलले आफ्नो ब्रान्डको बाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि ‘हामी तपाईकै लागि’ थिमको घोषणा गरेको छ । 

    यस थिम अन्तर्गत एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा सामुदाय स्तरमा सार्थक प्रभाव पार्न श्रृङ्खलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरुको घोषणा गरेको छ ।

    वार्षिक उत्सव मनाइरहेको बेला ग्राहकहरुलाई आकर्षक अफर के छ ? 


    एनसेलले आफ्नो वार्षिक उत्सव मनाइरहेको बेला, ग्राहकहरुसँग खुसियाली बाड्नका लागि आकर्षक अफर पनि ल्याएको छ ।

    प्रत्येक ग्राहक विजेता बन्ने यस ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफरमा सबै ग्राहकले २८ दिन सम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन् । यस अफरमा एष्ट्रिक्स १७११७ ह्यास डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य बन्छ्न् । 

    ncell 2.JPG

    दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन् । प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले रु. १०० ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन् । साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ र एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्ने कम्पनीले जनाएको छ ।


    यस्तैगरी आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) र थिम हामी तपाईं कै लागि अन्तर्गत, एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्यको घोषणा गरेको छ । 

    जस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्नेछ ।
    यस सहकार्य अन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीहरुको समग्र तालिम र विकासका लागि उनीहरुलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्नेछ ।


    १८ का लागि १८ कार्यक्रमको घोषणा

    यसका साथै एनसेलले आफ्नो १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा सामुदाय स्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको पनि घोषणा गरेको छ । 

    यस अन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ । ईच्छुक संस्थाहरुले एनसेलको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

    ncelll5.JPG

    निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना रु १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस पहलको थप जानकारी एनसेलको वेबसाइट

    https://www.ncell.axiata.com/en/about/sustainability/here-for-you


    बाट वा इमेल [email protected]  र ९८०५५५४४४० मा सम्पर्क गरि लिन सकिन्छ ।

    दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।

    अर्थतन्त्रमा प्रभावकारी योगदानः

    विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । 

    सबै भन्दा ठूलो करदाता मध्ये एकका रूपमा, एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पु¥याउँदै आएको छ  । 

    आाफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८/ ७९ सम्ममा कर र शुल्कहरु बापत रु २ खर्ब ८३ अर्ब भन्दा बढि तिरि सकेको छ ।

    एनसेल सेवाले दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने काम मात्रै नभएर देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) इकोसिस्टमको एक अभिन्न अंग बनेर देशको सामाजिक–आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । जीएसएम मोबाइल सेवामा सहज र सुलभ पहुँच, थ्रीजीको सुरुवात, एनसेल कनेन्छ मोबाइल ब्रोडब्यान्ड, प्याकमा आधारित भ्वाइस र डेटा सेवा, रु. १.९९ मा देशभर एकै कल दर, चौथो पुस्ताको फोरजी सेवा, एनसेल फर बिजनेश (एनफरबी), भारत, अमेरिका र क्यानडामा स्थानीय कल दर, सजिलो रोमिङ, एनसेल सापटी, ट्वीटर र वीकीमा निःशुल्क पहँच एनसेलका केही प्रमुख कोसेढुङ्गाहरू हुन् जसले नेपालको दूरसञ्चार क्षेत्रमा व्यापक परिवर्तनहरु ल्याएका छन् । 


    वार्षिक उत्सवकै अवसरमा हामी तपाईंकै लागि थिम अनुरुप एनसेलले आफ्नो सीईओ जाब्बोरको इन्स्टाग्राम खाता @ncellceo खोलेको र सो खातामार्फत सर्वसाधारणले सीईओसँग सिधै सम्पर्क गर्न सक्ने घोषणा पनि गरेको छ । 

    सीईओसँग कुनै गुनासाहरु भए सिधै राख्न सकिने

    साथै, एनसेलका सीईओको इमेल [email protected] मार्फत पनि सीईओसँग कुनै गुनासाहरु भए सिधै राख्न सकिने छ । यसरी आफ्नो सीईओसँग ग्राहकको सिधै पहुँच सुनिश्चित गराउने एनसेल नेपालको सम्भवत पहिलो कर्पोरेट हाउस हो ।

     

    ncell 3.JPG“ग्राहकहरूले मसँग सीधै सम्पर्क गर्न सक्छन् र यसरी सम्पर्कमा आउने ग्राहकहरुका कुराहरु सम्बोधन भए नभएको हाम्रो सम्बन्धित टोलिले सुनिश्चित गर्नेछ । यसले ग्राहकको अनुभवलाई अझ सुधार गर्नुको साथै थप विश्वास र पारदर्शिताको संस्कृति निर्माण गर्न योगदान गर्नेछ,” जाब्बोरले भने ।

    १८ औं वार्षिकोत्सवको अवसरमा रक्तदानदेखि, वृक्षारोपणसम्मका कार्यक्रम

    हामी तपाईंकै लागि थिम अन्तर्गत १८ औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन् । मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायतका कार्यक्रमहरु आयोजना गरिनेछन् । 

    आइतबार (सेप्टेम्बर १७) कै दिन एनसेल व्यवस्थापनका उच्चपदस्त अधिकारीहरु र अन्य कर्मचारीहरु ग्राहकहरूसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण गरेका थिए ।

    ...

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार