काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज सोमबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ८० पैसा र बिक्रीमा १३३ रुपैयाँ ४० पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८५ रुपैयाँ ८२ पैसा तोकिएको छ ।
यसैगरी क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ६३ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ५७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा पर्नेछ ।
विस्तृत तालिकामा हेर्नुस्