images
images

खुकुरी चलाउन र मादल बजाउन गोर्खाले गर्भबाटै सिकेर आएको हुन्छः रञ्जीत गजमेर

खुकुरी चलाउन र मादल बजाउन गोर्खाले गर्भबाटै सिकेर आएको हुन्छः रञ्जीत गजमेर

सोमवार, असोज १ २०८०
सोमवार, असोज १ २०८०
  • खुकुरी चलाउन र मादल बजाउन गोर्खाले गर्भबाटै सिकेर आएको हुन्छः रञ्जीत गजमेर

    सिलगढ़ी “म जहाँ गए पनि मलाई मेरो माटोको माया लाग्छ। मैले मुम्बईमा रहेर पनि दार्जीलिङलाई मेरो मुटुमै राखेँ। खुकुरी चलाउन र मादल बजाउन गोर्खाले गर्भबाटै सिकेर आएको हुन्छ” शनिवार सालबारीस्थित प्रकाशन संस्था बुकएन्टको प्रेक्षागारमा बलिवुडका सङ्गीत लिजेन्ड रञ्जीत गजमेरले भनिरहेका थिए। 

    images
    images

    सालबारीको माया पाएर अलि भावुक बनेका यी मादल उस्तादले आफ्नो साङ्गीतिक करियरका उकाली–ओह्रालीहरूको सिलसिला झिके। दार्जीलिङदेखि काठमाड़ौँ हुँदै मुम्बईसम्मको कला यात्रालाई उनले सम्झना गरे। 

    मादलका जादूगर गजमेरको एक झलक पाउन लालायित सङ्गीतप्रेमीहरूको खचाखच भीड़लाई सम्बोधन गर्दै गजमेरले भने, “सङ्गीतमा मानवलाई संवेदनशील बनाइराख्ने ताकत छ। यही ताकतले आज मलाई तपाईँहरू सामु उभ्याइदिएको छ।”
     
    नेपाली युवा गायक र सङ्गीतकारहरूले राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगितामा अघिल्लो दर्जामा प्रदर्शन गरिरहेको स्वीकार्दै उनले सही साधना र उचित परिश्रम गरे नेपाली सङ्गीतकारहरूको भविष्य उज्ज्वल छ भन्ने आस्था प्रकट गरे।

    ranjit.jpg

    गजमेर बुकएन्ट प्रकाशनगृहमा १६ सेप्टेम्बर २०२३ को दिन आयोजित ‘रञ्जीत गजमेर साँझ’(को साक्षी बन्न मुम्बईबाट सालबारी आइपुगेका थिए। नेपालको कथालयद्वारा प्रकाशित एवं पत्रकार शेखर खरेलद्वारा लिखित उनकै जीवनी ‘मोहनी मादलको’-को लोकार्पण समारोहमा गजमेरको वार्ताले मानिसहरूको मन जितेको थियो। 

    श्रोतवर्ग भावविह्वल बनेर उनलाई सुनिरहेका थिए।     
    नेपालबाट आएका राजीव धरले प्रकाशकीय सम्बोधनमा भने, “भारतीय सङ्गीत जगतका नेपाली हस्ती रञ्जीत गजमेरको जीवनका नखोलिएका रहस्यहरू समेत मोहनी मादलको पुस्तकमा खोलिएका छन्। कथालयले नेपालमा अगावै रिलिज गरिसकेको यो लोकप्रिय पुस्तकको भारत व्यवस्थापन बुकएन्टले गर्ने भएको छ। 

    पछिल्लो समय नेपालमा जीवनी पुस्तकहरूको राम्रै बजार तयार भएको छ। भारतमा यस पुस्तकले अपेक्षित बजार पाउने आशा गरेको छु।” 

    “हामीले नै हाम्रो स्रष्टाको मूल्याङ्कन नगरे अरूले गर्लान् के भन्ने सोचले नै मलाई रञ्जीत गजमेरजस्ता सङ्गीत महारथीको जीवनी लेख्ने धृष्टता गरायो। मैले कति न्याय गर्न सकेँ, त्यो सुधी पाठकले नै निर्णय गर्ने हुन्। 

    मैले इमानदार जीवनी लेखक हुने प्रयास गरेको छु। यो पुस्तक लेख्न मैले निक्कै मिहिनेत गरेको छु। गजमेरसँग मेरो उठबस नभए पनि उनको जीवनलाई गहिरो तहमा पुगेर रिसर्च गर्ने कोशिश रहेको छ,” काठमाड़ौँबाट आएका लेखक खरेलले लेखकीय सम्बोधनमा भने।

    लोकप्रिय गायक सुरेश कुमारले लोकार्पण समारोहमा गजमेरको सम्मानमा दुइवटा गीत सुनाएर श्रोतावर्गलाई मन्त्रमुग्ध तुल्याए। बुकएन्टले सङ्गीत जादूगरलाई विशेष आयोजकीय संवर्द्धना जनाएको थियो। विभिन्न महत्त्वपूर्ण व्यक्तित्वहरूलगायत सालबारी र सिलगढ़ीका विभिन्न सङ्घ(संस्थाले गजमेरलाई सम्मान जनाएका थिए। 

    गजमेरको सम्मानको केन्द्रमा आयोजित ऐतिहासिक समारोहको सञ्चालन दार्जीलिङको प्रसिद्ध कार्निभल ब्यान्डका सञ्चालक अनिल विश्वले चाखलाग्दो शैलीमा गरेका थिए। समारोहमा उपस्थित विभिन्न व्यक्तित्व र सङ्घ– संस्थालाई आभार प्रकट गर्दै बुकएन्ट प्रकाशनका निर्देशक सुरज गुरुङले समारोहमा बुकएन्टको परिचय राख्दै यसका भावी प्रकाशन योजनाहरूबारे खुलस्त पारे। 

    समारोहमा इतिहासकार डा. सोनाम बी वाङ्ग्येल, भूतपूर्व महकुमा अध्यक्ष गोपाल लामा, परिवहन अधिकारी राजेन सुन्दास, सिलगढ़ी मिउनिसिपल कर्पोरेसनका कमिश्नर सोनाम वाङ्दी भूटिया, मतिगढ़ा थाना प्रभारी समीर देवसा, उत्तरबङ्ग विश्वविद्यालयका प्रोफेसर एवं सङ्गीतज्ञ डा. शरद सिन्हा, चिकित्सक डा। सिद्धिराज शर्मा, डा. गङ्गा सापकोटा, डा। पीडी भूटिया, डा. खिलानाथ शर्मा, कवि ज्ञानेन्द्र खतिवड़ा, मोहन ठकुरी, सालबारी सेवा समाजका अध्यक्ष विजय कुमार सुब्बा, कथाकार राजेन मोक्तान, सैनिकपुरी ग्राम सेवा समितिका अध्यक्ष बीएल लिम्बू, भानुभक्त समितिका अध्यक्ष कृष्ण लामा, सुकुना साहित्यिक सांस्कृतिक संस्थानका सचिव मेघनाथ छेत्री, समाजसेवी पदम छेत्री, उत्तम गुरुङ, नरेश शाहीलगायत कान्तिपुर–नेपालका वरिष्ठ संवाददाता पर्वत पोर्तेलको विशेष उपस्थिति रहेको थियो।  


        

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार