images
images

ग्लोबल आइएमई बैङ्क र भि जि इम्पेक्सबिच समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैङ्क र भि जि इम्पेक्सबिच समझदारी पत्रमा हस्ताक्षर

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • images
    images
    ग्लोबल आइएमई बैङ्क र भि जि इम्पेक्सबिच समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेड र भिजि इम्पेक्स प्रा.लि. (जिडब्लुएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    images
    images

    उक्त समझदारी अनुसार बैङ्कले, भिजि इम्पेक्स प्रा.लि. तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरूले आवश्यक कागजात तथा विवरणसहित बैङ्कको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्य दिनभित्र बैङ्कले नियमानुसार उचित ठह-याएका ग्राहकलाई सहज रूपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ । 

    उक्त समझदारी पत्रमा बैङ्कका साना तथा मझौला कर्जा विभाग प्रमुख रूपेन्द्र वाग्ले र भि जि इम्पेक्स प्रा.लि.का उपाध्यक्ष रूपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले बिभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । 

    ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ ओटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखारहित बैङ्किङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार