images
images

कुन प्रदेशमा कस्तो अवस्था छ ? आजको मौसम

कुन प्रदेशमा कस्तो अवस्था छ ? आजको मौसम

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • कुन प्रदेशमा कस्तो अवस्था छ ? आजको मौसम

    जल    तथा    मौसम    विज्ञान    विभाग मौसम    पूर्वानुमान    महाशाखाको बुलेटिनअनुसार आज असोज  ३ गते  बुधबार कोशी,  बागमती,  गण्डकी , लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका  केही  स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाएको छ । 

    हाल    मनसुनको    न्यून    चापीय    रेखा      (Axis    of    the    Monsoon  Trough)     सरदर    स्थानको    दक्षिणतिर   रहेको जनाएको छ । 

    हाल मौसमको    अवस्था  हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली  देखी सामान्यतया सफा रहेको छ ।  

    असोज  ०३  गते 

    दिउँसोः  देशभर  आंशिक  देखि  सामान्य  बदली  रहनेछ।  कोशी,  बागमती,  गण्डकी , लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका  केही  स्थानहरुमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जनरचट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

    राती  देशभर  आंशिकदेखि  सामान्य  बदली  रहनेछ।  कोशी,  बागमती र गण्डकी प्रदेशका  केही  स्थानहरुमा   र  बाँकी  प्रदेशको  एक(दुई  स्थानमा  मेघ  गर्जनरचट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। कोशी र गण्डकी प्रदेशको एक(दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

    २०८०  असोज  ०४  गते

    दिउँसोः  देशभर  आंशिक  देखि  सामान्य  बदली  रहनेछ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  केही  स्थानहरुमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जनरचट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

     रातीः देशभर  आंशिक  देखि  सामान्य  बदली  रहनेछ।   गण्डकी  र  लुम्बिनी  प्रदेशका  केही  स्थानहरूमा र  बाँकी   भू–भागको  थोरै  स्थानहरुमा  मेघ  गर्जनरचट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

    असोज  ०५  गते 

    दिउँसोः    देशभर  आंशिक  देखि  सामान्य  बदली  रहनेछ।   कोशी,  बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका    केही    स्थानहरुमा    र    बाँकी    प्रदेशका    थोरै    स्थानहरुमा    मेघ    गर्जनरचट्याङ्ग    सहित    हल्का    देखि    मध्यम    वर्षाको    सम्भावना    रहेको    छ।

    रातीः   कोशी, मधेश,  बागमती र गण्डकी प्रदेशमा    आंशिकदेखि    सामान्य    बदली र बांकी भू–भागमा आंशीक बदली    रहनेछ।    कोशी,    मधेश,  बागमती र   गण्डकी     प्रदेशका    केही स्थानहरूमा र   देशका    बाँकी भू–भागका    थोरै    स्थानहरुमा     मेघ    गर्जनरचट्याङ्ग    सहित    हल्कादेखि    मध्यम    वर्षाको    सम्भावना    रहेको    छ। कोशी प्रदेशको    एक–दुई  स्थानमा    मेघ    गर्जनरचट्याङ्ग    सहित    भारी वर्षाको  सम्भावना    रहेको    छ।

    कोशी,  बागमती,  गण्डकी , लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका  केही  स्थानहरुमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जनरचट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। कोशी र गण्डकी प्रदेशको एक– दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।­­­­­  

    वर्षाका    कारण    त्यस    क्षेत्रहरूबाट बहने    नदीको  जल सतह    हल्का    बढ्न सक्ने,    गेग्रान    बहाव,    बाढी,    पहिरो, भू–क्षय    जस्ता    प्रकोप    हुन    सक्ने भएकोले    जन    स्वास्थ्य,    कृषि,    दैनिक    जनजीवन,    सडक तथा हवाई यातायातमा    हुन    सक्ने    असुविधा,    जोखिम    रहने    हुँदा  सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता  अपनाउन भनेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार