images
images

नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताले पैसा पाउने

नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताले पैसा पाउने

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • images
    images
    नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताले पैसा पाउने

    काठमाडौँ /  नमस्ते पे ले आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ । सबै प्रयोगकर्ताहरूलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ कम्पनीले सो अभियान सुरु गरेको हो । 

    images
    images

    जसअन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले रु ५० प्राप्त गर्नेछन्। यो अभियान २०८० साल असोज १ गतेदेखि असोज १५, २०८० सम्म लागु हुनेछ। नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो मुख्य वालेटमा रु ५० प्राप्त गर्नेछन्। 

    प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा रु ५० को पुरस्कृत रकम प्रयोग गर्न सक्छन्। प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाइसी प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्नेछ।

    नमस्ते पे  नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । 

    आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैङ्क र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार