images
images

रवि लामिछानेको मुद्दामा प्रमाण नभेटिएपछि देशभर घुमाइयो, म्याद मात्रै थपियो : तोसिमा कार्की

रवि लामिछानेको मुद्दामा प्रमाण नभेटिएपछि देशभर घुमाइयो, म्याद मात्रै थपियो : तोसिमा कार्की

बुधवार, पुस ३ २०८१
बुधवार, पुस ३ २०८१
  • रवि लामिछानेको मुद्दामा प्रमाण नभेटिएपछि देशभर घुमाइयो, म्याद मात्रै थपियो : तोसिमा कार्की
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले रवि लामिछानेको मुद्दालाई छिटो निष्कर्षमा पुर्याउनुपर्ने र भ्रष्टाचारका काण्डमा मुसिएकालाई पनि उसैगरी कारवाही गर्नुपर्ने बताएकी छन् । 

    मंगरबार ललितपुर महानगरपालिकाको १०६ औँ वार्षिकोत्सवको अवसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले  भ्रष्टाचारका सम्पूर्ण काण्डमा मुसिएका आरोपीहरूमाथि पनि उसैगरी कारबाही हुनुपर्ने बताएकी छन् । 

    रवि लामिछानेको मुद्दामा गम्भिरताका साथ लागेको भन्दै यति संवेदनशील भ्रष्टाचारका मुद्दामा पनि देखाउने हो भने देशले अर्कै निकाश पाउने उनको भनाई छ । 

    उनले भनिन्, “अहिले रवि लामिछानेको मुद्दामा जति गम्भिरताका साथ लागिएको छ यति नै संवेदनशिल भएर भ्रष्टाचारका सम्पूर्ण काण्डमा मुसिएका आरोपीहरू माथि कारबाही र अनुसन्धान गर्ने हो भने आज देशले अर्कै निकास पाएको अवस्था हुन्थ्यो ।”

    यस्तै, उनले देशमा यो बाहेक अन्य थुप्रै महत्वपूर्ण मुद्दाहरू रहेको भन्दै जनताका मुद्दाहरू सम्बोधन गर्नको लागि पनि यसलाई छिटो समाधान गर्नुपर्ने बताइन् ।

    उनले भनिन्, “प्रहरीले निर्धक्क भएर अनुसन्धान गर्नु भए हुन्छ तर त्यो प्रमाण अदालतमा प्रस्तुत गर्नुपर्यो नि, यसलाई छिटोभन्दा छिटो अदालतमा लगेर समाधान तर्फ जानु पर्छ । जनताको मुद्दाहरू हेर्नको लागि पनि यसलाई छिटो समाधान गर्नुपर्छ । अदालतका विगतमा भएका निर्णयहरू पनि हामील स्विकार गरेका नै छौँ तर यो कुरा अदालतमा नै पुगेको छैन् भने हामी पूर्वाग्रही भएर टिप्पणी गर्न मिल्छ जस्तो लाग्दैन ।”

    राजनैतिक प्रतिशोधका कारण नै यो मुद्दा चलिरहेको भन्दै विश्वभरको ध्यान यसमा हुँदा न्यायीक प्रक्रियामाथि नै प्रश्न उठ्न सक्ने पनि उनको भनाइ छ । 

    उनले भनिन्, “यस विषयमा अहिले नै बोली हाल्न हतार हुन्छ, पहिला के हुन्छ हेरौं । हामीलाई न्यायिक प्रक्रियामा विश्वास छ भनिरहेका छौ । तर राजनैतिक प्रतिशोध कुन हदसम्म गईरहेको छ तपाईहरूले देख्नु नै भएको छ । एउटा कपाल जतिको पनि प्रमाण भेटिएको छैन् । एउटा सानो मात्र प्रमाण हुन्थ्यो भने यिनीहरूले छोड्दैन थिए । ६० दिनसम्म हल्लाएर राख्दैनन् थिए, देशभर घुमाएका छन्, अदालत पुग्न पाएको छैन्, म्याद मात्र थपिएको छ । विश्वभरको ध्यान यसमा छ, यसले हाम्रो न्यायीक प्रक्रियामाथि कस्तो प्रभाव परिरहेको होला ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार