काठमाडौँ / बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा १ लाख ५० हजार ७ सय रुपैयाँ पर्नेछ । यसअघि भने १ लाख ५१ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, चाँदी तोलामा १ हजार ८ सय ३५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।