काठमाडौं / कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराएको छ । बैंकको उद्देश्य अनुसार Nev Nepal Pvt. Ltd सँग यहि भदौ २६ गते मङ्गलबार एक सम्झौता भएको छ ।
सम्झौतामा कामना सेवा विकास बैंककातर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र NEV Nepal को तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात NEV Nepal का विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।