images
images

१५ म्युचुअल फण्डले गरे लाभांश घोषणा, कुनको कति ?

१५ म्युचुअल फण्डले गरे लाभांश घोषणा, कुनको कति ?

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • १५ म्युचुअल फण्डले गरे लाभांश घोषणा, कुनको कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमास अर्थात असोज ५ गतेसम्म १५ वटा म्युचुअल फण्डहरूले आफ्नो लाभांश घोषणा गरेका छन् ।

    images
    images

    नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत ३६ मध्ये १५ म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । ५ वटा म्युचुअल फण्डले मात्रै गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । 

    लाभांश वितरण प्रस्ताव गरेका म्युचुअल फण्डहरुमध्ये ६ वटा फण्डलको मात्रै डबल अंकमा प्रतिफल रहेको छ । अन्य ९ वटा म्युचुअल फण्डले भने एकल अंकमा मात्रै इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएका हुन् ।

    यस्तै, सनराइज फर्ष्ट म्युचुअल फण्ड, एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड, कुमारी इक्विटी फण्ड, लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्विटी र एनआईबिएल प्रगति फण्डले भने गत वर्ष इकाईधनीहरुलाई प्रतिफल बढाएर वितरण गर्ने भएका हुन् ।

    सानिमा इक्विटी फण्डको सबैभन्दा धेरै 

    गत वर्षको नाफाबाट इकाईधनीहरुलाई सबैभन्दा धेरै सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । अघिल्लो वर्षको तुलनामा सो फण्डको प्रतिफल घटेको देखिन्छ । यस फण्डले अघिल्लो वर्ष अर्थात २०७८/७९ को नाफाबाट २२ प्रतिशत प्रतिफल वितरण गरेको थियो । यस्तै, आर्थिक बर्ष २०७७÷७८ को नाफबाट ३३ प्रतिशतसम्म प्रतिफल वितरण गरेको थियो ।

    एनआईबिएल प्रगति फण्डको सबैभन्दा कम 

    गत वर्षको नाफाबाट इकाईधनीहरुलाई एनआईबिएल प्रगति फण्डले सबैभन्दा कम लाभांश वितरण गर्ने भएको छ । यस कम्पनीले ६.८ प्रतिशत प्रतिफल वितरण गर्ने भएका हुन् । अघिल्लो बर्षको तुलनामा यस कम्पनीको लाभांश ३.२० प्रतिशतले घटेको छ । अघिल्ले बर्ष यस कम्पनीले ७.२० प्रतिशत प्रतिफल वितरण गरेको थियो । 

    ५ म्युचुअल फण्डले १० प्रतिशत भन्दा धेरै लाभांश दिन

    चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा घोषणा भएको कम्पनीको लाभांश दर अनुसार ५ म्युचुअल फण्डले १० प्रतिशत भन्दा धेरै लाभांश दिन भएका छन् । जसमा सनराइज फर्ष्ट म्युचुअल फण्ड, एनएमबि हाईब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी, एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड र कुमारी इक्विटी फण्ड रहेका छन् । 

    यस्तै, अघिल्लो वर्ष समान २१.०५२६ प्रतिशत प्रतिफल वितरण गरेका एनएमबि हाईब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको यस बर्ष भने ६.०५२६ प्रतिशतले घटेको छ । यी दुवै कम्पनीले गत बर्षको नाफाबाट यस आर्थिक बर्षमा १५ प्रतिशत मात्रै प्रतिफल वितरण गर्ने भएका छन् ।  

    सनराइज फर्ष्ट म्युचुअल फण्डले गत बर्षको नाफाबाट इकाईधनीहरूलाई १६ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । जुन अघिल्लो बर्षको तुलनामा ४ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष यस कम्पनीले १२ प्रतिशत मात्रै प्रतिफल वितरण गरेको थियो । 

    यता एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड १० प्रतिशत र कुमारी इक्विटी फण्ड १० प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । अघिल्लो बर्ष एनआईसी एशिया डाइनामिक डेब्ट फण्डले ६ प्रतिशत र कुमारी इक्विटी फण्डले भने प्रतिफल वितरण गरेको छैन । 

    अन्य कुन कम्पनीको कति ? 

    गत आर्थिक बर्षको नाफाबाट लक्ष्मी उन्नति कोषले ९.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । गत बर्ष यस कम्पनीले ५ प्रतिशत मात्रै प्रतिफल वितरण गरेको थियो । यस्तै, प्रभु सेलेक्ट फन्डले पनि ९.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । गत बर्ष भने यस कम्पनीे प्रतिफल वितरण गरेको थिएन । 

    यस्तै, सिटिजन्स म्युचल फण्ड– २ ले ८ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । यस कम्पनीले पनि अघिल्लो आर्थिक बर्षको नाफाबाट गत आर्थिक बर्ष इकाईधनीहरूलाई प्रतिफल वितरण गरेको छैन । 

    यता लक्ष्मी इक्विटीले भने ८ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । जुन गत आर्थिक बर्षको तुलनामा ३ प्रतिशतले बढि हो । गत आर्थिक बर्ष यस कमपनीले ५ प्रतिशत मात्रै प्रतिफल वितरण गरेको थियो । 

    यस्तै, एनआईबिएल प्रगति फण्डले ६.८ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ६.५ प्रतिशत, कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । गत बर्ष एनआईबिएल प्रगति फण्डले ४.२ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशत प्रतिफल वितरण गरेको थियो । यस्तै, कुमारी धनवृद्धि योजनाले भने गत आर्थिक बर्ष यस्तो प्रतिफल वितरण गरेको थिएन । 

    यता, सिद्धार्थ इक्विटी फण्डको पनि विगतको प्रतिफल घटेको देखिन्छ । अघिल्लो आर्थिक बर्ष ९ प्रतिशत प्रतिफल वितरण गरेको यस कम्पनीले यस बर्ष इकाईधनीहरूmाई ५ प्रतिशत मात्रै प्रतिफल वितरण गर्ने भएको हो । 

    यस्तै, एनआईबिएल सहभागित फण्डको प्रतिफल पनि घटेको छ । आर्थिक बर्ष २०७७/७८को नाफाबाट ५० प्रतिशतसम्म लाभांश बाँडेको यस फण्डले गत आर्थिक बर्ष अर्थात २०७९/८० को नाफाबाट भने ४ प्रतिशत मात्रै प्रतिफल वितरण गर्ने भएको हो । अघिल्लो बर्ष भने यस कम्पनीले ७.२० प्रतिशत प्रतिफल वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार