images
images

सेयर बजार : नेप्से १४ अङ्कले उक्लिदा बढ्यो कारोबार रकम, चार ओटा कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि

सेयर बजार : नेप्से १४ अङ्कले उक्लिदा बढ्यो कारोबार रकम, चार ओटा कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि

मंगलवार, पुस ९ २०८१
मंगलवार, पुस ९ २०८१
  • सेयर बजार : नेप्से १४ अङ्कले उक्लिदा बढ्यो कारोबार रकम, चार ओटा कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि
    images
    images

    काठमाडौँ / सेयर बजार मङ्गलबार पनि हरियाली छाएको छ । यो दिन नेप्से परिसूचक १४ अङ्कले बढ्दै २ हजार ६ सय २६.३१ बिन्दुमा उक्लिएको हो । 

    आज सेन्सेटिभ इन्डेक्स २.५८ प्रतिशतले बढेर ४ सय ४९.१५ बिन्दु कायम भएको छ । यो दिन सोमबारको तुलनामा कारोबार रकम पनि सामान्य बढेको छ । 

    मङ्गलबार कुल ३१२ कम्पनीका १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । 

    सोमबार भने ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो । आज बजार पुँजीकरण रकमसमेत बढेर ४३ खर्ब ५६ अर्ब ६० करोड कायम भएको छ ।

    मङ्गलबार कारोबार भएकामध्ये १६७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ७१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो । 

    आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, र सामुदायिक लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपरमाई हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशत र न्यादी हाइड्रोपावरको सेयर मूल्य ८.६० प्रतिशतले बढेको छ ।

    यता, सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, जानकी फाइनान्सको सेयर मूल्य ८ प्रतिशत र युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य ७.२३ प्रतिशतले घटेको छ । 

    कारोबार रकमका आधार जानकी फाइनान्स शीर्ष स्थानमा रहँदै २० करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको १९ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    उपसमूहतर्फ मंगलबार उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको सूचकमा मात्र गिरावट आएको छ । आज बाँकी सबै उपसमूहका सूचकहरू बढेका छन् ।

    विशेषगरी, विकास बैंक, फाइनान्स र लघुवित्त उपसमूहको सूचक करिब १ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार