काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहाको कल्याणपुर नगरपालिका–११, कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई ध्यानमा राखेर बैंकको मिर्चैया शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको हो ।
एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुने बताइएको छ ।