images
images

माछापुच्छ्रे बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने, साधारण सभा कहिले ?

माछापुच्छ्रे बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने, साधारण सभा कहिले ?

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • माछापुच्छ्रे बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने, साधारण सभा कहिले ?

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने बैंकको आगामी साधारण सभामा समेत भाग लिन पाउनेछन् ।

    images
    images

    बैंकले असोज १८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि बैंकले असोज ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसले गर्दा आजसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । 

    बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

    बैंकले सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ । सभाले लेखापरीक्षक नियुक्त र निजको चालु आवको पारिश्रमिक पारित गर्ने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार