images
images

सिटिजन्स बैङ्क र सूर्या हेल्थ केयरबिच समझदारी, ग्राहकहरूले विशेष छुट पाउने

सिटिजन्स बैङ्क र सूर्या हेल्थ केयरबिच समझदारी, ग्राहकहरूले विशेष छुट पाउने

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • सिटिजन्स बैङ्क र सूर्या हेल्थ केयरबिच समझदारी, ग्राहकहरूले विशेष छुट पाउने
    images
    images

    काठमाडौँ / सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौँस्थित सूर्या हेल्थ केयरबिच समझदारी भएको छ । बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने उद्देश्यले सिटिजन्स बैङ्क र सूर्या हेल्थ केयरबिच समझदारी भएको हो । 

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैङ्कका कार्डबाहक र मोबाइल बैङ्किङ्ग ग्राहकहरूले सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको छ । 

    बैङ्कले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । 

    सिटिजन्स बैङ्कले आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैङ्किङ्ग ईकाईहरूबाट १६ लाख ४८ हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैङ्किङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार