images
images

नेपाल बैंकको कल सेन्टर उद्घाटन, ग्राहकले तत्काल समस्या जिज्ञासा राख्न सक्ने

नेपाल बैंकको कल सेन्टर उद्घाटन, ग्राहकले तत्काल समस्या जिज्ञासा राख्न सक्ने

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • नेपाल बैंकको कल सेन्टर उद्घाटन, ग्राहकले तत्काल समस्या जिज्ञासा राख्न सक्ने
    नेपाल बैंकले सेन्टर सेवा आज एक कार्यक्रम गरी उद्घाटन गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेस प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले संयूक्त रुपमा रिबन काटि कल सेन्टरको उद्घाटन गरेका थिए । 
     
    सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए । 
     
    कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले गौरवपुर्ण ईतिहास बोकेको नेपालको पहिलो बैंकमा ग्राहकहरुसँग जोडिएर काम गर्न पाएकोमा खुशी व्यक्त गरे । नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । 
     
    ०१–५९७१२२२ नम्बर रहेको कल सेन्टरले नेपाल बैंक लिमिटेडका ग्राहकहरुका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्ने भनिएको छ । 
     
    नेपालभर २२८ शाखाहरु, २०४ ए.टि.एम. का साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक डिजिटल बैंकिङ्ग प्रविधिमार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको जनाएको छ । 
     
                     
      

     

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार