images
images

बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडीमा कन्सर्ट हुँदै

बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडीमा कन्सर्ट हुँदै

सोमवार, असोज ८ २०८०
सोमवार, असोज ८ २०८०
  • बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडीमा कन्सर्ट हुँदै

    काठमाडौँ / भारतीय सांगितिक समूह बम्बे भाइकिङ्गसले नेपालमा सांगितिक प्रस्तुति दिने भएको छ । चर्चित भारतीय गायक निरज श्रीधर आफ्नो सांगितिक समूह बम्बे भाइकिङ्गसहित नेपाल आउन लागेका हुन् । 

    images
    images

    विश्वको ४९ औँ उत्कृष्ट नाइट क्लब लर्ड अफ ड्रिंक्समा चर्चित गायक निरज श्रीधर आफ्नो ब्यान्ड सहित सांगितिक प्रस्तुति दिनेछन् । एल एण्ड एन मोडेल एजेन्सी तथा ३६५ मिडिया एण्ड इभेन्टसले संयुक्त रूपमा बम्बे भाइकिङ्गसलाई नेपालमा प्रस्तुत गर्न लागेका हुन् । 

    आयोजकका अनुसार गायक श्रीधरले यही असोज १३ गते शनिबार आफ्नो ब्यान्डसहित सांगितिक प्रस्तुति दिनेछन् । गायक निरज श्रीधरको दर्जनौँ गीतहरू लोकप्रिय छन् । गायक श्रीधरको चर्चित गीतहरूमध्ये वो चली वो चली देखो प्यारकी गली, हरे राम हरे राम हरे कृष्ण हरे राम, तेरी आँखे, भुलभुलैया, चोर बजारी, तुम मिले, क्यारेक्टर ढिला है, चाँदनी चोक टु चाइना, लभ मेरा हिट हिट, कलर ट्युन, नाचेङ्गे सारी रात, गोलमाल, छोड दो आँचल जमाना क्या कहेगा लगायत बहुचर्चित गीत संगीत रहेका छन् । 

    News.jpg

    चर्चित गायक निरज श्रीधरको गीतसंगीत युवामाझ लोकप्रिय छन् । एल एण्ड एन मोडेल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थका अनुसार हामीले चरणबद्ध रूपमा कार्यक्रम भव्य कसरी बनाउन सकिन्छ भनेर छलफल गरेका छौँ । प्रस्तुतिको टिकट इ-सेवा मार्फत काट्न सकिने ३६५ मिडिया एण्ड इभेन्टसका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्यले जानकारी दिए । 

    आयोजकका अनुसार फिजिकल टिकट काठमाडौँको विभिन्न स्थानबाट लिन सकिने जनाइएको छ । काठमाडौँको दरबारमार्ग स्थित डबल डेकर लाउन्ज, लाजिम्पाटस्थित नुवाड थाई स्पा, ठमेलस्थित लुना रेस्टुरेन्ट एण्ड बारबाट टिकट लिन सकिने जनाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार