वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ सम्मानित

वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ सम्मानित

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ सम्मानित

    काठमाडौँ / रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा काठमाडौँको होटल एभरेष्टमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले वरिष्ठ सौन्दर्यविद् श्रीमती रश्मिला श्रेष्ठलाइ संयुक्त रूपमा सम्मान गरेका छन् । 

    images

    काठमाडौँमा आयोजित उक्त विशेष कार्यक्रममा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

    ’श्रेष्ठले डेड दशकभन्दा लामो समयदेखि काठमाडौंमा ‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ सञ्चालन गर्दै आएकी छिन् । सौन्दर्यको क्षेत्रमार्फत श्रम तथा आर्थिक रुपमा मुलुकलाई सेवा पु-याउँदै आएकी श्रेष्ठको योगदानको कदरस्वरुप ‘सम्मान गरिएको कार्यक्रममा जानकारी गराइएको थियो।

    वरिष्ठ सौन्दर्यविद् श्रेष्ठले काठमाडौं मलमा दुई वटा, बिजी मल र बुद्ध मलमा एकरएक वटा आउटलेट सञ्चालन गर्दै आएकी छिन्। श्रेष्ठले करीव १ सय जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत दिएकी छिन्।

    उनले सौन्दर्यको क्षेत्रमा सिक्न चाहनेलाई पनि प्रशिक्षण दिँदै आएकी छिन्। ‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ले अन्तर्राष्ट्रियस्तरकै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कलाकार, व्यवसायी, सर्वसाधारण, खेलाडीलगायतको पहिलो रोजाइमा रश्मिलाज् फेसियल हाउस पर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार