images
images

एनआइएमबी एस क्यापिटलको जेनेरल म्यानेजरमा सचिन्द्र ढुंगाना, दशकबढीको अनुभव

एनआइएमबी एस क्यापिटलको जेनेरल म्यानेजरमा सचिन्द्र ढुंगाना, दशकबढीको अनुभव

सोमवार, असोज ८ २०८०
सोमवार, असोज ८ २०८०
  • एनआइएमबी एस क्यापिटलको जेनेरल म्यानेजरमा सचिन्द्र ढुंगाना, दशकबढीको अनुभव
    images
    images
    काठमाडौँ / एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको घोषणा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नेछन् ।
     
    द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट पढेका ढुंगानाले आफ्नो करियरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आएका छन् । एसिसिएबाट आइएफआरएसमा डिप्लोमा प्राप्त गरेर वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्टता प्रदर्शन गरेर उनले आफ्नो योग्यतालाई अझ बलियो बनाएका छन् । 
     
    लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढी अनुभवको साथ ढुंगानाको यो निर्णायक भूमिकासम्मको यात्रा महत्वपूर्ण उपलब्धिहरूद्वारा अंकित भएको कम्पनीले जनाएको छ । 
     
    उनले एसआर पाण्डे एण्ड कम्पनीमा अडिटर म्यानेजरको रूपमा छ वर्षभन्दा बढी समय बिताएका थिए । १.८ वर्ष एनआइएमबी क्यापिटल मार्केट्स लिमिटेडमा बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभागको प्रमुखको रूपमा काम गर्दा उनले नेपालमा म्युचुअल फण्डको बृद्धि र विकासमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् । 
     
    ढुंगानाले यस बढुवा अगावै नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडमा २.५ वर्षसम्म चिफ अपरेटिङ अफिसर तथा चिफ अफ फाइनान्स युनिटको पद सम्हालेका थिए । 
     
    उनको नेतृत्व र वित्तीय कुशलता उहाँको कार्यकालमा कम्पनीको उपलब्धिहरूमा सहायक बन्न सफल भएको थियो । साथै उनले हेड अफ मर्चेन्ट बैंकिङ युनिटको रूपमा पनि काम गर्दा नेपाली पूँजी बजारमा म्युचुअल फण्ड व्यवस्थापन र कर्पोरेट सल्लाहकारको रुपमा सेवा प्रदान गरेका थिए । 
     
    ढुंगानाको जेनेरल म्यानेजरमा नियुक्ति हुनुले उनको असाधारण योगदान, नेतृत्व र वित्तीय उद्योगमा उत्कृष्टताप्रतिको प्रतिबद्धता झल्काउदँछ । उनले यस नयाँ भूमिका सम्हाल्दै गर्दा एनआइएमबी एस क्यापिटल लिमिटेड उनको बृहत् अनुभव, ज्ञान र समर्पणले कम्पनीको निरन्तर सफलतालाई अगाडि बढाउने कुरामा विश्वस्त छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार