images
images

नेशनल लाइफले ल्यायो स्मार्ट मोवाइल एप, केके छन् विशेषताहरू ?

नेशनल लाइफले ल्यायो स्मार्ट मोवाइल एप, केके छन् विशेषताहरू ?

मंगलवार, असोज ९ २०८०
मंगलवार, असोज ९ २०८०
  • images
    images
    नेशनल लाइफले ल्यायो स्मार्ट मोवाइल एप, केके छन् विशेषताहरू ?

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरूलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले स्मार्ट मोवाइल एपको सुरुवात गरेको छ । 

    images
    images

    कम्पनीले काठमाडौँमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोवाइल एपको शुभारम्भ गरिन् । 

    मोवाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले सुरु गरेको यस स्मार्ट मोवाइल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरूले घरबाटै आफ्नो बीमालेख सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्नसक्ने भएकोले कम्पनीको विश्वसनियतामा अझ वृद्धि हुने विचार व्यक्त गरिन् ।  

    यसैगरी प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिबद्धता अनुरुप कम्पनीले स्मार्ट मोवाइल एप लन्च गरेको र यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरूले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताए । 

    स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले विस्तृत जानकारी गराउनु हुँदै यस एपबाट अभिकर्ताले आफ्नो लगायत सञ्जालको व्यवसाय साथै आफ्ना बीमितहरूको बीमालेख सम्बन्धमा आवश्यक जानकारी प्राप्त गर्न सकिने र एपमार्फत नै आफ्ना बीमितहरूलाई सम्पर्क गरी बीमालेख व्यतित हुनबाट जोगाउन सक्ने व्यवस्था रहेकाबारे जानकारी गराएका थिए । 

    यसैगरी कम्पनीका बीमितहरूले एपमार्फत बीमा शुल्क नविकरणका सूचना प्राप्त गर्न सक्ने र एपमार्फत नै नविकरण बीमाशुल्क डिजिटल भुक्तानी गर्नसक्ने एवं सर्वसाधारणहरूले पनि कम्पनीका बारेमा विविध महत्त्वपूर्ण सूचनाहरू प्राप्त गर्ने लगायतका धेरै विशेषताहरू एपमा रहेको जानकारी गराएका थिए ।

    कार्यक्रममा सहभागी अभिकर्ताहरूले एपको माध्यमबाट सहज रूपमा घरै बसी धेरै कार्य गर्न सकिने भएको हुँदा आगामी दिनमा बीमा व्यवसाय प्रवद्र्धनमा अझ बढि सहयोग मिल्ने धारण राखेका थिए । 

    कार्यक्रममा, देशैभरी रहेका प्रदेश एवं शाखा कार्यालयका प्रमुखहरू र बरिष्ठ अभिकर्ताहरूको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार