images
images

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न, लिडर अभिकर्ताहरू सम्मानित

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न, लिडर अभिकर्ताहरू सम्मानित

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • images
    images
    नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न, लिडर अभिकर्ताहरू सम्मानित

    काठमाडौँ / नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने ‘चेयरपर्सन क्लव, तालिम तथा सम्मान’ कार्यक्रम काठमाडौँस्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ ।

    images
    images

    अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा आ.व. २०७९/२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्ताहरूलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको थियो । 

    साथै उक्त कार्यक्रममा नेपालभरीबाट आफ्नो कोड र संजालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्धित्तिय र तृत्तिय हुने अभिकर्ताहरू, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र संजालमा अलग अलग उत्कृष्ट गर्ने ७ जना लिडर अभिकर्तालाई सम्मान पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जानकारी दिएको छ ।  

    सो समारोहमा सातओटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग अलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्ताहरूलाई पनि सम्मानित गरिएको थियो । समारोहमा अध्यक्ष सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रूपमा आफुलाई स्थापित गरेको बताइन् । 

    कम्पनीले आउने दिनहरूमा आफ्नो प्रतिष्प्रर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरूलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको अध्यक्ष सिंहले जानकारी दिइन् । साथै उनले यो सबै अभिकर्ताहरूको योगदानबाट मात्र सम्भव हुने भएकोले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरिन् । 

    कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आईरहेको र विशेष गरी स्वास्थ्य क्षेत्र, वातावरण र महिला शशक्तिकरण जस्ता क्षेत्रमा योगदान पु¥याउन आर्थिक सहयोग उपलब्ध गराउदै आएको जानकारी गराइन् । 

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आफ्नो वर्षभरीको मेहनत र परिश्रम वापत तोकिएको लक्ष्य पुरा गरी यस कार्यक्रममा सहभागी भई चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरूलाई बधाई ज्ञापन गर्नुहुँदै अभिकर्ताहरू कम्पनीका मेरुदण्ड रहेको र अभिकर्ताहरूको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकोले  अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । 
     
    कम्पनीको सबै वित्तिय सूचकांकहरू सन्तोषजनक रहेको र कम्पनीले प्रदान गरेको उच्च वोनस दरको कारणले बीमितहरूलाई उचित प्रतिफल प्राप्त भई रहेको बताउनु हुँदै आगामी दिनमा कम्पनीले थप प्रगती गर्ने विश्वास प्रकट गरे । 

    विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम समावेश गरिएको सो भव्य समारोहमा सम्मानित बिजनेश लिडरहरूले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु हुँदै भविष्यमा अझ राम्रो प्रगति गर्ने हौसला प्राप्त भएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार