images
images

आरोन फर्निचरको दशैँ तिहार अफर : २५ प्रतिशतसम्म छुट, केके पाइन्छ सेवा ?

आरोन फर्निचरको दशैँ तिहार अफर : २५ प्रतिशतसम्म छुट, केके पाइन्छ सेवा ?

बिहिवार, असोज ११ २०८०
बिहिवार, असोज ११ २०८०
  • आरोन फर्निचरको दशैँ तिहार अफर : २५ प्रतिशतसम्म छुट, केके पाइन्छ सेवा ?

    काठमाडौँ / आरोन फर्निचर नेपालीहरूको मुख्य चाड दशैँ तिहारलाई लक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वलाई लक्षित गरी स्टक क्लिरेन्स गर्ने उद्देश्यले २५ प्रतिशतसम्म छुटको अफर ल्याएको हो । फर्निचर तथा फर्निसिङ क्षेत्रमा लामो समयदेखि ग्राहकहरूको रोजाइ अनुसार सुरक्षित, भरपर्दो र विश्वासिलो तवरले गुणस्तरीय फर्निचर तथा फर्निसिङ्जन्य सेवा प्रवाह गरिरहेको आरोनले समयसमयमा ग्राहकहरू लक्षित स्किमसमेत ल्याइरहेको छ ।। 

    images
    images

    विशेषगरी आकर्षक डिजाइन तथा कलरका पर्दा तथा सोफा सेटहरू उपलब्ध गराउने स्टक क्लिरेन्स गर्ने उद्देश्यले विशेष छुट योजना ल्याएको कम्पनीले जनाएको छ । सहरका मध्यमदेखि उच्चवर्ग लक्षित गर्दै कम्पनीले नेपालमै अन्तर्राष्ट्रिय स्तरको फर्निचर उत्पादन गर्दे आएको छ  । 

    aaron 6.jpeg

    आरोनबाट पाइने सेवाहरू

    कम्पनीले घर, कार्यालय, होटल, हस्पिटालिटीका लागि इन्टेरियर डिजाइन सेवासमेत उपलब्ध गराउँदै आएको छ । मोडुलर किचन, विभिन्न अफिसियल तथा घरायसी फर्निचरका साथै पर्दा लगायत फर्निसिङका सामान पनि उपलब्ध छ । 
      
    आरोन फर्निचरका डाइरेक्टर राजेन्द्र श्रेष्ठका अनुसार ग्राहकहरूको रुचि र विशेषतालाई बुझेर आरोनले उत्कृष्ट सेवा दिइरहेको छ । उनले भने  “व्यक्ति व्यक्तिको रुचि, आवश्यकता, चाहानालाई हामी बुझ्छौँ र उहाँहरूको इच्छालाई हामी पुरा गर्दछौँ।”  

    aaron8.jpeg

    उनका अनुसार कम्पनीले तयारी सामानको होम डेलिभरी सुविधा समेत दिएको छ ।  आरोनका फर्निचरहरू अत्याधुनिक प्रविधिबाट निर्मित भएकोले  फोल्डिङ गर्न मिल्ने, सहज सरल र बलियो भएको कम्पनीले दावी गरेको छ । 

    Add Mediaaa.jpeg

    “उच्च कोटीको टेक्नोलोजीको प्रयोग र उत्कृष्ट डिजाइनमा बनाइएको हुनाले आरोनका प्रोडक्टहरू फिनिसिङ उत्कृष्ट, र आकर्षक छन् । अन्तर्राष्ट्रिय ब्राण्डसँग तुलना गर्न सकिन्छ । बजारको भन्दा फरक खालका सामानहरू उत्पादन हुन्छन्”, डाइरेक्टर श्रेष्ठले भने । आधुनिक प्रविधि र डिजाइनरको सहायतामा आरोनको उत्पादन नेपाली बजारमा पछिल्लो समय ब्राण्डको रूपमा स्थापित छ । 

    aaron 5.jpeg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार