images
images

नासा सेक्युरिटिसहित ३ ब्रोकर कम्पनीद्वारा लाभांश घोषणा, कुन कम्पनीको कति ?

नासा सेक्युरिटिसहित ३ ब्रोकर कम्पनीद्वारा लाभांश घोषणा, कुन कम्पनीको कति ?

बिहिवार, असोज ११ २०८०
बिहिवार, असोज ११ २०८०
  • नासा सेक्युरिटिसहित ३ ब्रोकर कम्पनीद्वारा लाभांश घोषणा, कुन कम्पनीको कति ?

    काठमाडौँ / गत आर्थिक बर्षको मुनाफाबाट विभिन्न कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् ।

    images
    images

    शेयरधनीहरूको लागि धमाधम लाभांश घोषणा गरिरहेका सेयर सम्बन्धि कार्य गर्दै आएका विभिन्न कम्पनीहरुमध्ये धितोपत्र दलाल व्यवसायी (ब्रोकर)कम्पनीले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हालसम्म आकाशभैरव सेक्युरिटिज, सानिमा सेक्युरिटिज र नासा सेक्युरिटिजले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

    नासा सेक्युरिटिको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ११ लाख ५० हजार रुपैयाँको २४३.२० प्रतिशत बोनस सेयर र १२.८० प्रतिशत नगद गरी कूल २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभा असोज ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय लालदरबार मार्ग काठमाडमौंमा बिहान ९ बजे सुरु हुनेछ ।

    त्यसैगरी आकाशभैरव सेक्युरिटिजको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले ३।६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३।५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०१८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २४ गते जावलाखेल ललितपुरमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

    सानिमा सेक्युरिटिजको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले २.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको कर सहित २.५ प्रतिशतले हुन आउने ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २६ गते रजिष्टर्ड कार्यालय पुतलिसडक काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार