images
images

दुई महिनामै २१ करोडभन्दा बढिको अम्रिसो निर्यात, भारत सबैभन्दा ठूलो खरिदकर्ता

दुई महिनामै २१ करोडभन्दा बढिको अम्रिसो निर्यात, भारत सबैभन्दा ठूलो खरिदकर्ता

बिहिवार, असोज ११ २०८०
बिहिवार, असोज ११ २०८०
  • images
    images
    दुई महिनामै २१ करोडभन्दा बढिको अम्रिसो निर्यात, भारत सबैभन्दा ठूलो खरिदकर्ता
    images
    images

    काठमाडौँ / चालू आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट अम्रिसोको निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकअनुसार गत आर्थिक बर्षको साउन र भदौ महिनाको तुलनामा चालु आर्थिक बर्षमा अम्रिसोको निर्यात बढेको हो ।

    images
    images

    चालू वर्षको दुई महिनाको अवधिमा नेपालबाट २१ करोड २९ लाख ९४ हजार रुपैयाँको अम्रिसो निर्यात भएको छ । यस अवधिमा नेपालबाट १७ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको तथ्यांकले देखाएको छ ।

    गत आर्थिक वर्षको यही अवधिमा नेपालबाट जम्मा ११ करोड ३० लाख २२ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । गतवर्ष उक्त मूल्य बराबरको २२ लाख ६२ हजारभन्दा धेरै किलोग्राम अम्रिसो निर्यात भएको तथ्यांकमा देखिएको छ । यो चालू वर्षकोभन्दा १० करोडले कम हो ।

    गत वर्षको सोहि अवधीसम्ममा २२ लाख ६२ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो । जबकी, चालू वर्षमा १७ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको छ । यसले गत वर्षकोभन्दा चालू वर्षमा परिमाण घटेपनि निर्यातबाट भित्रिएको रकम भने बढेको देखाउँछ ।

    पहिलो महिना मात्रै १२ करोडको अम्रिसो निर्यात

    चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउन महिनामा १२ करोड ७ लाख ७९ हजार रुपैयाँ बराबरको १० लाख ६ हजार ४९० किलोग्राम अम्रिसो मूलुकबाट निर्यात भएको हो । नेपालले उक्त मूल्य बराबरको अम्रिसो भारतमा मात्रै निर्यात गरेको छ ।

    तथ्याङ्क अनुसार यो निर्यात गत आर्थिक बर्ष २०७९/८० को साउन महिनाको तुलनामा बढी हो । गत वर्षको साउन महिनामा ५ करोड ५ लाख ४५ हजार रुपैयाँ बराबरको को १० लाख ११ हजार किलोग्राम अम्रिसो नेपालबाट अन्य मूलुकमा निर्यात भएको थियो ।

    ५ बर्षमा ३ अर्बको अम्रिसो निर्यात

    विभागको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा अम्रिसो निर्यातबाट तीन अर्ब ३३ करोड छ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको छ । गत आर्थिक बर्ष २०७९/८० मा एक अर्ब ८८ लाख रुपैयाँको अम्रिसो भारत निर्यात भएको थियो । यस्तै, आर्थिक बर्ष २०७८/७९ मा ६९ करोड ९८ लाख ६२ हजार रुपैयाँको अम्रिसो नियात भएको छ । त्यस्तै आर्थिक बर्ष २०७७/७८ मा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँको, आर्थिक बर्ष २०७६/७७मा ५५ करोड ७४ लाख ७८ हजार रुपैयाँको तथा आर्थिक बर्ष २०७५/७६ मा रु ४० करोड ५७ लाख ३९ हजार रुपैयाँको अम्रिसो मूलुकबाट निर्यात भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार