images
images

अर्थतन्त्रमा ग्रहण लागेको छ, मुलुकलाई ग्रे-लिष्टबाट निकाल्न सरकार गम्भीर हुनुपर्छ : पूर्व गभर्नर क्षेत्री

अर्थतन्त्रमा ग्रहण लागेको छ, मुलुकलाई ग्रे-लिष्टबाट निकाल्न सरकार गम्भीर हुनुपर्छ : पूर्व गभर्नर क्षेत्री

आइतवार, फागुन ११ २०८१
आइतवार, फागुन ११ २०८१
  • images
    images
    अर्थतन्त्रमा ग्रहण लागेको छ, मुलुकलाई ग्रे-लिष्टबाट निकाल्न सरकार गम्भीर हुनुपर्छ : पूर्व गभर्नर क्षेत्री
    images
    images

    काठमाडौँ / पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले अहिले अर्थतन्त्रमा ग्रहण लागेको टिप्पणी गरेका छन् । उनले पछिल्लो समय निर्यात बढेको भनेर भएको चर्चाप्रति पनि आशंका व्यक्त गरे ।

    images
    images

    उनले भने, “अहिले निर्यात ७६ प्रतिशतले बढ्यो, आयात घटेको छ भनियो । तेस्रो मुलुकबाट भटमास प्रशस्त आयात गरेर ल्याएछ, ४६ अर्बको कच्चा पदार्थ आयात गरेर ल्याएछ, अनि अहिले ३८ अर्बको निर्यात गरेको भन्छन् । भारतले अहिले ती वस्तुहरूमा भन्सार बढि लगाएकोले त्यहाँका उद्यमीहरूले त्यो काम गर्न छोडेका छन्, यता भारतकै अनुकुल हुनेखालका उद्यमी तथा व्यवसायीहरू छन्, उनले यतापछि पठाउँदा पाएको गेनमात्रै हो ।”

    क्षेत्रीले अबास्तविक तथ्य र तथ्यांकलाई लिएर गौरव गरेको अवस्था भन्दै गुनासो पोखे । उनले भने, “अहिले अर्थतन्त्र ग्रहण लागेको छ । हाम्रो बजेटमा झण्डै ४० प्रतिशतजति विदेशी ऋण र अनुदानको कुरा आउथ्यो । अमेरिकामा राष्ट्रपति ट्रम्प आएपछि ९० दिनको लागि अनुदान बन्द गरेको कार्यकारी आदेश आएछ । एमसिसी पनि भ्रष्टाचार रैछ भन्ने कुरा आयो, अब यी सबै कुरा हामीले आफ्नै परिवेशबाट बुझेर हेर्नुपर्छ ।”

    विदेशी अनुदान रोकिँदा शिक्षा, स्वास्थ्य, वनलगायतका क्षेत्रमा असर पर्ने उनको भनाई छ । 

    उनले नेपालमा अहिले राजश्व बढ्न नसकेको बताए । उनले भने, “राजश्व सकेको छैन् । खर्च गर्ने बानी लागेको छ । बजेट ठूलो ल्याउने अनि मंसिरतिर घटाउने गरियो, यही चालु आर्थिक वर्षमा पनि १० प्रतिशत बजेट घटाइएको छ । सरकारलाई आफ्नै काममा पनि विश्वास रहनेछ भन्ने देखियो ।”

    नेपालमा सबै संस्थाहरूमा स्वतन्त्र रूपमा काम गर्ने वातावरण नबनाईएको भनेर उनले आलोचना गरे । “अहिलेका प्रधानमन्त्री केपी ओलीले यसअघि प्रधानमन्त्री हुँदा सबै विभाग आफ्नो मातहत ल्याए । मन्त्रिमण्डलमा जाने एक महिनाभित्रै सम्पत्ति विवरण सार्वजनिक भनिएको छ, तर अहिलेपनि कतिपय मन्त्रीहरूले कानुन मिचेका छन् । सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन् ।”

    फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रूपले नेपाललाई सम्पत्तिशुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्टञ) मा परेको छ । नेपाल एफएफटिएफको ग्रे–लिष्टमा अहिले दोस्रो पटक पर्नु आफँैमा नेपाल सरकारको हेलचेक्र्याईँ भएको उनको आरोप छ । 

    उनले भने, “अहिले दोस्रोपटक पनि ग्रे–लिष्टमा परेको हो । यो भनेको हेलचेक्र्याँई नै हो । उनीहरूले भनेको कुरा पालना गर्नुपर्छ अनिमात्रै उन्मुक्ति पाईन्छ । विगतका कुराहरूबाट गम्भीर शिक्षा लिएर जानुपर्छ । दिएका वचन पूरा गर्नुपर्छ । सरकारले पेश गरेको कार्ययोजना पूरा गर्नुपर्छ ।”

    सो क्रममा उनले नेपालमा संघीयता त अहिले नै धान्न नसकिने अवस्था देखिएको बताए । उनले भने, “आन्तरिक कर्जा लिएर कर्मचारीलाई तलव खुवाउने परिस्थिति छ । संघहरू खलबलिने अवस्था छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार