images
images

उपनिषद् दर्शन भन्छ – आहार अनुसार विचार बन्छ, विचार अनुसार व्यवहार बन्छ, जीवन बदल्ने दर्जन प्रेरक भनाईहरु

उपनिषद् दर्शन भन्छ – आहार अनुसार विचार बन्छ, विचार अनुसार व्यवहार बन्छ, जीवन बदल्ने दर्जन प्रेरक भनाईहरु

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • उपनिषद् दर्शन भन्छ – आहार अनुसार विचार बन्छ, विचार अनुसार व्यवहार बन्छ, जीवन बदल्ने दर्जन प्रेरक भनाईहरु

    कबि शिरोमणि लेखनाथ पौड्यालले एक प्रसंगमा भनेका थिए मन कालो भए संसार कालो हुन्छ । यो उनको भनाई एउटा समाज दर्शन थियो । आफूले हेर्ने दृष्टि बुझ्ने दृष्टि अनुसार संसार नियालेका हुन्छौं । यसैले आफ्नो मनको शुद्धिकरण हुनुपर्दछ । सकारात्मक सोचौँ । यहाँ प्रस्तुत दर्जन भनाइहरु जसले तपाई हाम्रो जिव बदल्न सक्छ । 

    images
    images


    १. मन कालो भए संसार कालो हुन्छ – कवि शिरोमणि लेखनाथ पौड्याल

    २. खान पकाउँदा र खाँदा पनि असल कुरा सोच्ने बानी बसाउनुपर्छ – खप्तड स्वामी

    ३. संसारको अवस्था बौलाएको बाँदरलाई चर्कने कमिलाले टोकेको जस्तो छ – डा. रामानन्द गिरि

    ४. आहार अनुसार विचार बन्छ, विचार अनुसार व्यवहार बन्छ – उपनिषद् दर्शन

    ५. आफू जस्तो छ संसार त्यस्तै बनिदिन्छ – गीता

    ६. आफूलाई मात्र पकाउनेहरू आफ्नै पाप खाइरहेका हुन्छन् – गीता

    ७. पापीहरूलाई उनीहरूकै पापले खाइरहेको हुन्छ – श्रीमद्भागवत

    ८. मोहन जोद्दारो र हरप्पालाई ऋग्वेदमा नार्मिणी भनिएको छ – मदनमणि दीक्षित

    १०. आफ्नो भनेको पेटमा गएको जति मात्र हो, त्यो पनि पचाउन सकेको जति मात्रै – लोकोक्ति

    ११. पहिले मानिस औषधी नै नखाइ सय वर्ष बाँच्थे तर अहिलेका मानिस गर्र्भैबाट औषधी खान थाल्छन् र पनि निरोगी हुन सकेका छैनन् – लोकोक्ति

    १२.जगत भन्नु नै आफैँ हो, आफ्नै अङ्ग हो । त्यहीँबाट आउँछ र त्यहीँ बिलाउँछ – योगवासिष्ट महारामायण

    १३. दूधभित्र घ्यु र घ्युभित्र दूधको अंश रहे जस्तै जगतभित्र आफू र आफूभित्र जगत्को अंश पनि रहेकै हुन्छ – ऐ.ऐ.

    १४. समुद्र र तरङ्ग देखुञ्जेलका लागि मात्र अलग हुन्, वस्तुतः एउटै हुन् – ऐ. ऐ.

    १५. एउटै मनले संसार चलाउँछ, मन चल्नासाथ संसार पनि चल्न सुरु गर्छ – ऐ. ऐ.

    १६. विन्दू र सिन्धु एउटै हुन्, विन्दूभित्र सिन्धु पनि हुन्छ, सिन्धुभित्र विन्दू पनि हुन्छ – ऐ. ऐ.

    १७. आफू भलो त जगत् भलो – नेपाली उखान

    १८. मन चङ्गा भए लोहोटा गङ्गा बन्छन् – नेपाली उखान

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार