images
images

अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैङ्कबाटै हुने

अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैङ्कबाटै हुने

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • images
    images
    अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैङ्कबाटै हुने

    काठमाडौँ / अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैङ्क मार्फत हुने भएको छ । बिश्वका जुनसुकै देशहरूमा रहेका आफन्तहरूले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरूबाट भुक्तानी हुने भएको छ । 

    images
    images

    दूर दराजमा रहेका ग्राहकहरूले पनि यो सुबिधा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ । यसपछि बैङ्कका ग्राहकहरू तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरूलाई नेपालमा रेमिटान्स प्राप्त गर्न सहज हुने भएको छ ।

    राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिट प्रा.लि.का बीच यस अघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषि राम ढकाल र प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गरेका थिए । 

    बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८४ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६५ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पिओएस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैङ्किङ्ग, परिष्कृत रूपको मोवाइल बैङ्किङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोवाइल बैङ्किङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार