images
images

एनएमबि बैंकले काठमाडौँमा करिब सवा १ अर्बको जग्गा किन्ने

एनएमबि बैंकले काठमाडौँमा करिब सवा १ अर्बको जग्गा किन्ने

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • एनएमबि बैंकले काठमाडौँमा करिब सवा १ अर्बको जग्गा किन्ने
    images
    images

    काठमाडौँ / एनएमबि बैंक लिमिटेडले काठमाडौँमा करिब सवा १ अर्बको जग्गा किन्ने भएको छ । बैंकले आफ्नै स्वामित्वमा केन्द्रिय कार्यालय निर्माण गर्न काठमाडौँमा जग्गा किन्ने भएको हो । 

    बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १ मा कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको जनाएको छ ।

    बैंकका अनुसार १०५.५६२६ आना क्षेत्रफल जग्गामा आफ्नो कर्पोरेट कार्यालय निर्माण गर्ने भएको हो । भवन निर्माण गर्ने उद्देश्यले बैंकले उक्त जग्गा र सो जग्गामा रहेका संरचना खरिद गरेको बैंकका कम्पनी सचिव प्रमोद कुमार दाहालले जानकारी दिए ।

    उनका अनुसार उक्त जग्गा १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँमा खरिद गरेको हो । उक्त जग्गा बैंकको नाममा नामसारी तथा दाखिला खारेज भई आएपश्चात् उक्त रकम भुक्तान गर्ने निर्णय भएको कम्पनी सचिव दाहालले बताए ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार