images
images

दुई महिनामा पेट्रोल आयात १४.५१ प्रतिशतले घट्यो, ग्यास र डिजेलको आयात पनि खुम्चियो

दुई महिनामा पेट्रोल आयात १४.५१ प्रतिशतले घट्यो, ग्यास र डिजेलको आयात पनि खुम्चियो

चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिना पेट्रोलियम पदार्थको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब २५ करोड रुपैयाँले घटेको हो ।

सोमवार, असोज १५ २०८०
सोमवार, असोज १५ २०८०
  • दुई महिनामा पेट्रोल आयात १४.५१ प्रतिशतले घट्यो, ग्यास र डिजेलको आयात पनि खुम्चियो

    काठमाडौँ / देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम पदार्थको आयातमा पनि देखिएको छ । वर्षैदेखि बढ्दो क्रममा रहँदै आएको पेट्रोलियम पदार्थको आयात चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिना अर्थात साउन र भदौँमा मा १३.२८ प्रतिशतभन्दा बढीले घटेको छ । 

    images
    images

    चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिना पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, एलपीजी, हवाई इन्धन, मट्टितेल र कोइला) को आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब २५ करोड रुपैयाँले घटेको हो ।

    निगमका अनुसार चालु आर्थिक वर्ष (२०८०/८१) को साउन र भदौ महिनामा ४० अर्ब ७९ करोड रुपैयाँको मात्र पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क छ । यस्तै, गत आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपैयाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको थियो । यस्तै, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो ।

    news.JPG

     

    गत आर्थिक बर्ष र चालु आर्थिक बर्षको दुई महिनामा भएको आयात तथ्याङ्क

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको भदौँसम्ममा १२ अर्ब १८ करोड ९४ लाख ६२ हजार रुपैयाँ बराबरको १ लाख ९ हजार ३४८ किलोलिटर प्रट्रोल आयात भएको थियो । तर चालु आर्थिक बर्षको सोहि अवधीसम्ममा ११ अर्ब ३० करोड ५७ लाख ७२ हजार रुपैयाँ बराबरको १ लाख १२ हजार १८२ किलोलिटर प्रट्रोल आयात भएको छ । तथ्याङ्क अनुसार गत आर्थिक बर्षको दुई महिनाको तुलनामा प्रट्रोल आयात ८८ करोड ३६ लाख ९० हजार रुपैयाँले घटेको छ । 

    यस्तै, गत आर्थिक बर्षको भदौँसम्ममा १८ अर्ब ४२ करोड १५ लाख २४ हजार रुपैयाँ बराबरको १ लाख ४० हजार ४५४ किलोलिटर डिजेल आयात भएको थियो । तर चालु आर्थिक बर्षको सोहि अवधीसम्ममा १५ अर्ब ७४ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको १ लाख ५१ हजार ३७२ किलोलिटर डिजेल आयात भएको छ । जुन गत आर्थिक बर्षको तुलनामा १४.५१ प्रतिशतले घटेको हो । तथ्याङ्क अनुसार पेट्रोलियम प्रदार्थको आयात रकममा घटेको भएपनि परिणममा भने बढेको देखिएको छ । 

    यस्तै, हवाई इन्धन आयात १.७७ प्रतिशतले घटेको छ भने, मटितेल आयात १७.३३ प्रतिशतले घटेको छ । एलपीजी आयात २९.७५ प्रतिशतले घटेको छ भने कोइला आयात भने ९.९६ प्रतिशतले बढेको छ । 

    import.JPG

    स्रोतः नेपाल आयल निगम

    साउनमा बढेको थियो पेट्रोलियम प्रदार्थको आयात 

    चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउनमा भने  पेट्रोलियम पदार्थको आयात बढेको तथ्याङ्क छ । गत आर्थिक वर्ष ०७९/८० मा उच्च दरले घटेको पेट्रोलियम पदार्थको खपत चालू आव ०८/८१ को पहिलो महिनामा बढेको थियो । 

    नेपाल आयल निगमको तथ्यांकअनुसार गत आवमा ग्यासको खपत १०.४० प्रतिशतले वृद्धि हुनुबाहेक अन्य पेट्रोलियमको खपत घटेको थियो । गत आवमा पेट्रोल ८.२६ प्रतिशत, डिजेल १९.७६ प्रतिशत, मट्टीतेल २५.३१ प्रतिशत र हवाई इन्धन ३.९८ प्रतिशतले आयात घटेको थियो । तर, चालू आवको साउनमा अघिल्लो महिनाको सोही अवधिको तुलनामा पेट्रोल ६.८४ प्रतिशत, डिजेल ७.८६ प्रतिशत, मट्टीतेल ५२.७२ प्रतिशत, हवाई इन्धन ११.७२ प्रतिशत र ग्यास ९.११ प्रतिशतले आयात बढेको हो । 

    यस्तै, गत आवको साउनमा पेट्रोल ५४ हजार आठ सय ७६ किलोलिटर, डिजेल ७९ हजार तीन सय ४२ किलोलिटर, मट्टीतेल पाँच सय २० किलोलिटर, हवाई इन्धन ११ हजार तीन सय ५२ किलोलिटर र ग्यास ४१ हजार चार सय ७० किलोलिटर आयात भएको थियो । तर चालू आवको साउनमा पेट्रोल ५८ हजार नौ सय आठ किलोलिटर, डिजेल ८६ हजार एक सय १७ किलोलिटर, मट्टीतेल ११ सय किलोलिटर, हवाई इन्धन १२ हजार आठ सय २४ किलोलिटर र ग्यास ४५ हजार ६ सय ३१ किलोलिटर आयात भएको निगमले जनाएको छ ।

    निगमको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७९/८० मा कुल २७ अर्ब रुपैयाँले पेट्रोलियम पदार्थको खपत घटेको थियो । अघिल्लो आव ०७८/७९ मा तीन खर्ब आठ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएकोमा गत आव ०७९/८० मा भने दुई खर्ब ८१ अर्ब रुपैयाँको मात्रै आयात भएको थियो । 

    यस्तो छ २०७५/७६ देखि २०७९/८० सम्म भएको आयातको तथ्याङ्क 

    नेपाल आयाल निगमले सार्वजनिक गरेको मासिक आयात तथा बिक्री तथ्याङ् अनुसार आर्थिक बर्ष २०७५/७६ मा ४ लाख २९ हजार ६०९ किलोलिटर एलजीपी ग्यास आयात भएको थियो भने आर्थिक बर्ष २०७९/८० मा ५ लाख १३ हजार ४२७ किलोलिटर एलजीपी ग्यास आयात भएको थियो । यस्तै, आर्थिक बर्ष २०७८/७९ मा ५ लाख ३६ हजार २८ किलोलिटर एलजीपी ग्यास आयात र्भको तथ्याङ्क छ । आर्थिक बर्ष २०७८/७९ को तुलनामा गत आर्थिक बर्ष एलजीपी ग्यास आयात ४ प्रतिशतले घटेको छ । 1.JPG

    स्रोतः नेपाल आयल निगम

    यस्तो छ २०७५/७६ देखि २०७९/८० सम्म भएको नेपालमा बिक्री भएको पेट्रोलियम पदार्थको तथ्याङ्क 

    1.JPG

    स्रोतः नेपाल आयल निगम

    किन घट्यो पेट्रोलियम पदार्थको आयात ? 

    नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भारतमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा भन्दा सस्तो भएको कारणले पछिल्लो समय खपत घटेको देखिन्छ । 

    यसअघि भारतमा पेट्रोलियम पदार्थ नेपालको तुलनामा महङ्गो भएको कारणले खपत बढेको थियो भने अहिले भारतमा सस्तो पर्ने भएको कारणले भारतीय सिमा क्षेत्र आसपास र भारतबाट ढुवानी गर्ने सवारी साधनले उतै भारतमा नै तेल हाल्ने गरेको उनले बताए । 

    नेपालमा निर्माणका काम सुरु नभएको कारणले पनि पेट्रोलियम पदार्थको खपत घटेको उनले जानकारी दिए । निर्माण क्षेत्रमा सामान ढुवानीलगायतका काममा बढी पेट्रोलियम पदार्थको प्रयोग हुने गरेको छ । यसैगरी, नेपालमा विद्युत आपूर्ति नियमित हुँदा हस्पिटल, होटल लगायतका क्षेत्रमा जेनेरेटर चलाउन नपरेको कारणले डिजेलको खपत घटेको उनको भनाइ छ । 

    अर्थडबलीसँग कुरा गर्दै उनले भने, “पेट्रोलियम पदार्थको खपत सबैभन्दा बढी निर्माण क्षेत्रमा हुन्छ । तर हाल यो क्षेत्रको काम सुरु भएको छैन भने होटल व्यवसाय पनि ठप्प जस्तै नै छ । त्यसैले तेलको प्रयोग घटेको हो ।” यसैगरी पछिल्लो समय साना विद्युतिय सवारीको प्रयोग बढेको कारणले पेट्रोलको माग घटेको प्रवक्ता ठाकुरले बताए ।

    दुई महिनामा  पाँच अर्ब ४२ करोड बिजुली निर्यात

    चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा अर्थात भदौँसम्ममा ५ अर्ब ४२ करोड ३१ लाख रुपैयाँको बिजुली निर्यात भएको छ । तर, साउन र भदौमा ३३ अर्ब ७२ करोड रुपैयाँको मात्रै पेट्रोलियम पदार्थ आयात भएको छ । आर्थिक वर्ष २०७८/७९ देखि भारततर्फ विद्युत् निर्यात सुरु भएको हो । 

    गत आवको तुलनामा चालू आवको दुई महिनामा विद्युत् निर्यात २३.१५ प्रतिशतले बढेको छ । चालू आवको साउनमा एक अर्ब ९४ करोड ८४ लाख र भदौमा तीन अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । साउनमा ८.१३ रुपैयाँ र भदौमा १२.२७ रुपैयाँ प्रतियुनिटका दरले भारतमा विद्युत् निर्यात गरिएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार