images
images

मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्दछौँ त्यही बन्दछौँ, जीवन बदल्ने एकसय प्रेरक भनाईहरु

मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्दछौँ त्यही बन्दछौँ, जीवन बदल्ने एकसय प्रेरक भनाईहरु

बुधवार, असोज १७ २०८०
बुधवार, असोज १७ २०८०
  • images
    images
    मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्दछौँ त्यही बन्दछौँ, जीवन बदल्ने एकसय प्रेरक भनाईहरु

    हामीले आनन्दको बेला वचन दिनुपर्दछ ।  पूर्विय दार्शनिक चाणक्यले भनेका छन् क्रोधको बेला जवाफ नदेउ । दुःखको बेला निर्णय नलेउ ।’ 
    यसैले हामीले जीवनमा के गर्ने, के नगर्ने ?त्यस्ता विषयमा सहि निर्णय गर्दा जीबन उत्कृष्ट बनाउँछ । तपाई हाम्रो जीवन सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ। कतिपय यस्ता मननयोग्य विषय प्रसंगहरु छन् पढौँ जसले जीवन बदल्न सहयोग पुग्नेछ । 

    images
    images

    [१]
    संसारमा सबैकुरा मिल्छ, तर आफ्नो गल्ती मिल्दैन ।

    [२]
    हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

    [३] 
    जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

    [४]
    हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाँढ्दा बढ्ने गर्छ ।

    [५]
    हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।

    [६]
    हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन, जसलाई फुटाउनै पर्दैन, आफैँ फुट्छ।


    हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस तर, यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ


    ‘खिचडी’  एउटा यस्तो डीस हो, जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ । 


    केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् । तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर
    देखिन्छ।

    १०
    क्रोधको बेला केही समय रोक्नुपर्छ । गल्तीको बेला केही झुक्नुपर्छ । संसारको सबै समस्या हल हुन्छ ।


    ११
    तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।

    १२
    जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ।

    १३
    हामी कसैले पनि भूतकाल बदल्न सक्दैन, तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौँ ।

    १४
    साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराकोलागि जिन्दगी दिन्छन्।

    १५
    असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु । 

    १६
    कामलाई भोलिको बाहानामा पन्छ्याउनु नै मानिसको सबैभन्दा ठूलो गल्ती हो ।

    १७
    सफलता त्यो जमिनमुनीको पानी हो जुन सय ठाँउमा एक मिटर खन्नाले मिल्दैन बल्की एक ठाँउमा सय मिटर खन्नाले मिल्दछ।

    १८
    यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन्।

    १९
    तिम्रो डर गुरूत्वबल जस्तै हो जसले माथि  चढ्न बाधा पुर्याउछ भने तल खस्न सहयोग।

    २०
    जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनै प्रयाश गर्दैनन्।

    २१
    प्रायः मानिसहरू यो भ्रममा बाँचिरहेका हुन्छन् कि सफलता संघर्षमा होइन भाग्यमा अडेको हुन्छ ।

    २२
    उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल साथी त्यो हो जसले अध्याँरोमा पनि साथ दिन्छ।

    २३
    प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर  अगाडीको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन्।

    २४
    आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब’ बाहिरी संसार फिक्का लाग्नेछ।

    २५
    असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो।

    २६
    धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ। जब जिन्दगीमा तृप्ती मिल्छ तब साग–सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै महल।

    २७
    गुलावको बोटमा पनि काँडा छ, चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा पनि चुरोट पिउँथे, हेमिंग्वे रक्सी खान्थे । नकरात्मकता हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो ।

    २८
    हामीले मन्दिरमा पैसा चढाउँदैमा कहिल्यै धर्म हुँदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना
    गरिरहेका भोका पेटहरूलाई चढाउँदामा मिल्छ।

    २९
    विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल
    परिवार बदल्नु अघि आफैँलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भएपनि सुरूवात
    आफैँबाट गर।

    ३०
    जसले आफ्नो आत्मालाई ढाँट्छ, उसले संसारलाई ढाँट्न रत्तीभर पनि डर मान्दैन ।

    ३१
    निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।

    ३२
    नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै
    असफलतापछि सफलता मिल्छ।

    ३३
    कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।

    ३४
    सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।
    ३५
    यहाँ न असल छ न त खराब नै असल–खराब त हाम्रो सोचाइको उपज हो।

    ३६
    एउटा रित्तो भाँडोले नै ज्यादा आवाज निकाल्छ ।

    २७
    हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौँ यो थाहा छैन।

    २८
    सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस
    नखाउ।

    २९
    यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौँ भने आफ्नो भविष्य गुमाएको पाउनेछौँ।
    ३०
    हावाको चाप जती बढी हुन्छ उति नै चङ्गा माथि उड्न सक्छ ।

    ३१
    हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए।

    ३२
    राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो।

    ३३
    इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।

    ३४
    एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
    ३५
    मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथि बिजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघि बढ्दछ।

    ३६
    एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।

    ३७
    जबसम्म काम समाप्त हुँदैन तबसम्म त्यो असंभव लाग्दछ ।

    ३८
    शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ।

    ३९
    मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो।

    ४०
    सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यसैको खोजीमा छु ।

    ४१
    विवेक मात्र दुर्लभ छ। अविवेक मात्र सर्वसुलभ छ।

    ४२
    मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक।

    ४३
    हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ।

    ४४
    साँचो मित्रले सधैँ तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।

    ४५
    अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो।

    ४६
    हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौँ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
    ४७
    आशा जागा अवस्थाको सपना हो ।

    ४८
    शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।

    ४९
    हाम्रा खुशीहरू हामीमै निर्भर रहेका हुन्छन्।

    ५०
    म त्यसलाई बहादुर मान्छु जसले आफैँलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ।

    ५१
    जीवनभर हामी तितो टर्रो फिक्का चियासँग लड्छौँ र अन्तिम चुस्कीतिर मात्र चाल पाउँछौm हत्तेरी, चिनी त कपको पिँधमा जस्ताको तस्तै पो रहेछ । हाम्रो जीवनलाई सबसे मीठो बनाउने सबै चिजबिज हामीसँगै छन मात्र हामीले आफ्नो कपमा चम्चा चलाउन भुलेका हौ, कप मष्तिस्कको प्रतीक हो।

    ५२
    हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिनदा त्यसको मुल्य
    बढाईदिन्छ।

    ५३
    कसैले सोध्यो “जीवन के हो ? ” अति उत्तम उत्तर, जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर, कुनै नाम हुँदैन र
    जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर, सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ।

    ५४
    हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा।

    ५५
    हामीले कुनैपनि समयको प्रतिक्षा गर्नु उचित छैन । बरु हरेक समयलाई विशेष बनाउने प्रयास गर्नुपर्छ ।

    ५६
    पानीलाई जतिसुकै तातो बनाएपनि केही समयपछि आफ्नो मूल स्वभावमा फर्किएर शीतल हुन्छ । यही प्रकार हामीमा जति क्रोध, भय, अशान्ति भएपनि यसलाई क्षणिक रुपमा मात्र लिनुपर्छ । हाम्रो मूल स्वभाव त हरबखत खुसी र प्रशन्न रहनु हो ।

    ५७
    खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ ।

    ५८
    भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्रो हो कर्मको तुफान पैदा गर । भाग्यको ढोका आफै खुल्छ ।

    ५९
    पानीमा डुब्नसाथ कसैको मृत्यु हुँदैन । मृत्यु त तब हुन्छ जब पानीमा तैरन जान्दैनन् । परिस्थिति कहिलेपनि समस्या बन्दैन । समस्या त तब बन्छ, जब त्यसलाई सम्हाल्न सक्दैनन् ।

    ६०
    त्यस व्यक्तिप्रति ध्यान नदेउ जो तिम्रो पीठ्युँ पछाडि कुरा गर्छ । यसको सोझो अर्थ हो तिमी उनीभन्दा दुई कदम अगाडि छौं ।

    ६१
    संसारमा यदि एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम त कुनै खराब कुरा सोच्न बन्द गर ।

    ६२
    पहिले मान्छेले सिकाएका थिए, समय बद्लिन्छ । अहिले समयले सिकायो कि, मान्छे पनि बद्लिन्छ ।

    ६३
    अवसर र सूर्योदयमा एउटै समानता छ । ढिलो गर्नेलाई यसले पर्खदैन ।

    ६४
    ऐना हो जिन्दगी । तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउँछ ।

    ६५
    खुसी हुनुको अर्थ यो होइन कि तिम्रो सबैकुरा ठीक छ । यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सिक्यौं ।

    ६६
    कसैलाई असहज स्थितिमा साथ देउ, हात देउ, हिम्मत देउ, आशा देउ । किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ । तर, तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ ।

    ६७
    यदि तिमी कसैलाई अपमान गर्दैछौं भने तिमीले आफ्नो सम्मान गुमाउँदैछौ ।

    ६८
    केही नयाँ काम गर्नका लागि तिमी महान हुन आवश्यक छैन । तर, महान हुनका लागि केही नयाँ काम गर्न जरुरी छ ।

     


    ६९
    जो आफैमा खुसी हुन्छन्, उनीहरुको संसार पनि खुसी हुन्छ ।

    ७०
    तिमीले आफ्नो भविष्य बदल्न सक्दैनौं तर प्रवृत्ति बदल्न सक्छौं । जब प्रवृत्ति बदल्छौं, भविष्य आफै बद्लिन्छ ।

    ७१
    सबैभन्दा तिब्र उही हिँड्छ, जो एक्लै हुन्छ । तर, टाढासम्म उही पुग्छन्, जो सबैलाई साथमा लिएर हिँड्छन् ।

    ७२
    सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।


    ७३
    जिन्दगीलाई बुझ्न बहुत मुस्किल छ । कोही सपनाका खातिर आफन्तबाट टाढा हुन्छन् । कोही आफन्तका खातिर सपनाबाट टाढा रहन्छन् ।

    ७४
    जसलाई जे भन्नुछ भन्न दिनुपर्छ, तिमीलाई के फरक पर्छ । यो समय–समयको कुरा हो, सबैको समय आउँछ ।

    ७५
    सबैलाई त्यही तराजुमा तौलिनुपर्छ, जहाँ हामी आफुलाई तौलने गर्छौं । तब मान्छे त्यती खराब पनि हुँदैनन्, जति हामी सम्झने गर्छौं ।

    ७६
    चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा १


    ७७
    खुसीबाट सन्तुष्ट मिल्छ, सन्तुष्टबाट पनि खुसी मिल्छ । तर, यसमा धेरै फरक के छ भने खुसीले थोरै समयका लागि सन्तुष्ट मिल्छ । जबकी सन्तुष्टिले सधैका लागि खुसी दिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार