images
images

माछापुच्छ्रे बैंकको २३ औं वार्षिकोत्सवमा ग्राहकलाई अफरै अफर, सेवाबारे अध्यक्ष महतोको यस्तो भनाइ

माछापुच्छ्रे बैंकको २३ औं वार्षिकोत्सवमा ग्राहकलाई अफरै अफर, सेवाबारे अध्यक्ष महतोको यस्तो भनाइ

बुधवार, असोज १७ २०८०
बुधवार, असोज १७ २०८०
  • माछापुच्छ्रे बैंकको २३ औं वार्षिकोत्सवमा ग्राहकलाई अफरै अफर, सेवाबारे अध्यक्ष महतोको यस्तो भनाइ

    काठमाडौं/  माछापुच्छ्रे बैंक २३ औँ वर्षपार गरी २४ औँ वर्षमा प्रवेश गरेको छ । 

    images
    images

    २३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको थियो । माछापुच्छ्रे बैंकले भनेको छ, ‘ग्राहकको अटुट विश्वास तथा अगाध माया, नियमनकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरुप आजको दिनमा अब्बल स्मार्ट बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।’ 

    २३ वर्षको दौरानमा बैंकप्रति निरन्तर साथसहयोग र विश्वास प्रदान गर्ने ग्राहकहरुप्रति कृतज्ञता प्रकट गरेको छ । 

    २३ वर्ष पूरागरी २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक विशेष कार्यक्रम गरी २० वर्षभन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गर्यो । 

    बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले के भने ? 

    कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवम उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रुपमा निरन्तर मार्गदर्शन तथा साथ दिनुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन  गर्दछु । 

    आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्दै बैँकको संस्थागत

    सुशासनको महत्व दिइने छ । संस्थागत सुशासन कायम राख्नेछौँ । 
    त्यसैगरी सञ्चालक समितिका सदस्य जयमुकुन्द खनालले यस बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्ने सबैलाई धन्यबाद प्रकट गरे । 

    बैंकका सीईओ सन्तोष कोइरालाले यस्तो भनेः

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमीमा प्रभावकारी भुमिका खेल्दै आईरहेका छौं । 

    माछापुच्छ्रे बैंकले आजको दिनसम्म आई पुग्दा आफुलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको र स्मार्ट तरिकाबाट ग्राहकहरुको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवाहरुलाई अझ सरल, सहज र विश्वसनिय ढङ्गले जिम्मेवारी बोध गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पु¥याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त  गर्दछु । 

    वार्षिकोत्सबको अवसरमा यस्ता छन् बैंकको अफरहरुः

    माछापुच्छ्रे बैंकले आफ्नो २३ औं वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरु ल्याएको छ । 
    जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु -MBL M SMART डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ ।    

    उक्त अफर अन्तर्गत २ जना भाग्यशाली Fonepay Merchant ले सामसुङ ट्याब्लेट, १ जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् । 

    बैंकको १ जना ग्राहकले एमबिएल एम स्मार्टबाट Fonepay Bills माफर्त बिल भुक्तानी गर्दा निःशुल््क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । 

    यी अफरहरु असोज १५ देखि  ३०, २०८० गते सम्मको लागि हो ।

    machhapuchre bank.JPG

    साथै बैंकका ग्राहकले  दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँ, नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्र्दा २३ प्रतिशतसम्मको क्यासब्याक २२३ रुपैयाँ, सिटीटेच को ३ जना FINPOS Merchant ले प्रतिदिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, सिजी डिजिटल तथा सेलट्रोन नेपालले १ भाग्यशाली Merchent लाई सिजी टिभि र सेलट्रोनमार्फत Honor phone पाउन सक्ने बैंकले जनाएको छ ।  यस्तै मोक्को मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्र्दा २३ प्रतिशतसम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाईरहेका छन् । 

    उक्त अफरहरु असोज १ गतेदेखि सुरु भएकोमा आश्विन १७ मा समाप्त भएको छ । 

    देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा विस्तार

    हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा बिस्तारित छ ।  यस्तै, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

    २३ वर्षअघि क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको बैंकले यस अवधिमा विभिन्न आरोह अवरोह पार गर्दै बैंकले प्रदान गर्ने हरेक सेवा र सुविधामा आपूmलाई स्मार्ट बैंकको रुपमा परिचित छ । 
    । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार