images
images

हुन्डाईले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने, सबै शोरुममा फरक फरक कार्यक्रम सञ्चालन हुने

हुन्डाईले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने, सबै शोरुममा फरक फरक कार्यक्रम सञ्चालन हुने

बिहिवार, असोज १८ २०८०
बिहिवार, असोज १८ २०८०
  • हुन्डाईले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने, सबै शोरुममा फरक फरक कार्यक्रम सञ्चालन हुने

    काठमाडौँ / लोकप्रिय ब्रान्ड हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत ‘हुन्डाई  फेस्टिभ कार्निवल’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालीहरूको प्रमुख चाड दशैँ, दिपावली र छठलाई लक्षित गरी आउँदो शुक्रबार असोज १९ गतेदेखि २१ गतेसम्म देशभरका आफ्ना सबै शोरुमबाट उक्त अफर सञ्चालन गर्ने भएको हो । हुन्डाई  फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने कम्पनीले जनाएको छ। 

    images
    images

    कार्निवलमा हुण्डाईको सबै शोरुमहरूमा फरक फरक कार्यक्रमहरू आयोजना गरिनेछ। लाइभ फुड क्तबििक, लाइभ सांगितिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धि आवश्यक विभिन्न डिय टिप्स एण्ड ट्याक्स्, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा, इभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तर्क्रिया कार्यक्रम, ईभि  हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम सञ्चालन हुने छन् ।

    तीन दिने यस  कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन  हुण्डाई टिकटक कन्टेस्ट, 'EXTER Treasure Hunt', Daily 'Test Drive & Win' र महिला चालकहरुप्रति लक्षित Hyundai 'Wheels on Heels' जस्ता कार्यक्रमहरू पनि आयोजना गरिनेछ। कार्नीवल मा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड BOSCH तथा WHIRLPOOL का वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन्।

    सदैव आफुलाई आफ्नो परिवारसँग जोडिएर रहन रुचाउँदै विगत लामो समयदेखि नेपाली अटो बजारमा आफ्नो एक विशेष पहिचान स्थापित गर्न सफल नेपालका लागि हुन्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेटलले बडा दशैँ २०८० को हार्दिक शुभकामना व्यक्त गर्नुका साथै आफ्नो परिवारसँग यस कार्यक्रममा नजिकैको हुन्डाई शोरुममा आउन आग्रहसमेत गरेको छ । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार