बढ्दो सहरीकरणसँगै पछिल्लो समय सुरक्षामा चुनौति पनि बढेको छ । तर, प्रविधिको प्रयोग गर्न जानियो भने आफु पनि सुरक्षित रहन सकिन्छ र आफ्ना महत्त्वपूर्ण सामान पनि सुरक्षित राख्न सकिन्छ । प्रविधिको तीव्र विकासका कारण प्रविधिको पहुँचमा पुग्न कठिन पनि छैन । सहजै र निकै कम खर्चमा प्रविधिको प्रयोगले हामी हाम्रो जीवनशैली सुरक्षित र सहज बनाउन सक्छौँ । तपाईँ हाम्रो जीवनशैली सहज बनाउनको लागि ड्रिम आइटी सोलुसन एक विकल्प बन्न सक्छ ।
पहिलो अति विशिष्ट व्यक्ति र संवेदनशिल ठुला घर घरानाहरूमा निगरानी राख्न सिसिटिभी क्यामेराको प्रयोग गरिन्थ्यो । तर, आजभोलि चोरी डकैती, अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रत्येक घर, सडक, चोक र कार्यालयहरूमा सिसिटिभी क्यामेराको जडान गर्नु अति आवश्यक बनेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै ड्रिम आइटी सोलुसनले सामान बिक्रीदेखि बिक्रीपछिको सर्भिसमेत उपलब्ध गराउँदै आएको छ । ड्रिम आइटी सोलुसनको सर्भिस र सिसिटिभी क्यामेरा जडान सम्बन्धमा कम्पनीका म्यानेजिङ डाइरेक्टर अमित यादवको सुझाव यस्तो छ:
सिसिटिभी क्यामेरा किन्दा के कुरामा ध्यान दिने ?
सिसिटिभी क्यामेरा हाम्रो घर वा कार्यालयहरूमा अत्यावश्यक भइसकेको छ । होम युजर र साना साना कार्यालयहरूलाई लक्षित गरी हामीले अफरहरू पनि सञ्चालन गरिरहेका छौँ । यसले निकै कम खर्चमा सुरक्षित राख्न सहयोग गर्छ भने कार्यालयहरूमा आफु नभएको समयमा पनि निगरानी राख्न सकिन्छ । ड्रिम आइटी सोलुसनले इन्डियन एनओसिबी प्लस ब्रान्डको क्यामेरा बजारमा ल्याएको छ । क्वालिटीका हिसाबले चाइनिज वा अन्य ब्रान्डभन्दा राम्रो छ । जति मेगाफिक्सेल भयो त्यति क्वालिटी हुने भएकोले सिसिटिभी क्यामेरा किन्दा यसमा ध्यान दिनुपर्छ । यो क्यामेरामा २.४ मेगापिक्सेल रहेको छ । त्यस्तै, क्यामेरा किनेपछि पाइने सर्भिस र सेवाहरूको बारेमा पनि सेवाग्राहीहरूले राम्रोसँग बुझ्नुपर्दछ ।
सिसिटिभी क्यामेरा राख्दा कति खर्च लाग्छ ?
सिसिटिभी क्यामेरालाई दुई हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म पर्छ । इन्ड्युजर (होम युजर) जसले २३ ओटा र औद्योगिक क्षेत्रहरूमा ७०/८० ओटासम्म क्यामेरा लगाउने गरेको पाइन्छ । कति ओटा क्यामेरा लगाउने त्योअनुसार खर्च पनि बढ्छ । ड्रिम आइटी सोलुसनले अफर नभएको समयमा २८ देखि ३० हजार रुपैयाँसम्ममा चार ओटा क्यामेरा जडान गर्दै आएको छ ।
वायरलेस सिसिटिभी किन जोड्ने ?
सुरक्षा सबैको लागि पहिलो सर्त हो । थोरै खर्चमा पनि सुरक्षित हुन सकिन्छ भने त्यसो किन नगर्ने । पछिल्लो समय वायरलेस सिसिटिभीको प्रयोग निके बढेको छ । साना साना पसलहरूमा र चोकमा पनि यसको प्रयोग गरिन्छ । वायरलेस सिसिटिभीको मूल्य २५ सयबाट सुरु हुन्छ । यो एउटै क्यामेरा, मोवाइलमा पनि आउँछ । एमपिअनुसार यसको मूल्य ३५ सय, ४५ सय ५५ सय पर्न जान्छ । ३ सय रुपैयाँको पेन ड्राइभदेखि लिएर ३५ सय रुपैयाँसम्मको वेभ क्यामेरा, स्पाइ क्यामेरा, पेन क्यामेरा, क्याप क्यामेरा, ग्लास क्यामेरा ड्रिम आइटीमा पाइनेछ ।
ड्रिम आइटी सोलुसनको अफर
हामीले चाडपर्व र स्टक क्लिरियन्सका लागि समय समयमा अफर ल्याउँछौँ । यस अफर अन्तर्गत चारओटा क्यामेराको प्याकेज हुन्छ । जसमा एउटा फोर च्यानल डिभिआर, एक रोल तार, एसेम्पियस, हार्ड डिक्स पाइनेछ । यसका लागि जम्मा २० हजार रुपैयाँ मात्रै खर्च लाग्छ भने डेढ बर्षको प्रोडक्ट वारेन्टी र एक बर्षको सर्भिस वारेन्टी उपलब्ध हुनेछ । यो अफरको समयमा ग्राहकहरूले कम खर्चमा ‘कम्प्लिट सेट विथ इन्स्टेलेसन’ सेवा पाउनुहुनेछ ।
अन्य सेवाहरू
यहाँ आइटी क्षेत्रमा वेभ डिजाइन बाहेक सेक्युरिटी सर्भिसदेखि हार्डवेयरतिरको सम्पूर्ण गरिन्छ । साथै, भिजे केवल, कम्प्युटर, क्यामेरामा लाग्ने सबै सामान होलसेल र रिटेलमा पाइन्छ । मूल्यअनुसारको क्यामेरा, डेल ब्रान्डको ल्यापटप बिक्री र रिपेयरसमेत गरिन्छ भने एसेम्बल गरेर कम्प्युटरसमेत बिक्री गरिन्छ । मासिक रूपमा न्यून शुल्क अर्था २ हजारदेखि २५ सयसम्ममा एएमसी सुविधा पाइनेछ । यसमा कतिओटा कम्प्युटर र क्यामेरा छ, सो अनुसार अनकल र विक्ली सर्भिस दिइरहेका छौँ ।
नेटवर्किङ तथा टेलिफोन, इन्टरकम सुविधाका साथै, पानासोनिक, एनइसी र साइटेकलगायतका ब्रान्डहरूको टेलिफोन पाइन्छ । इन्टरकम सुविधाका लागि ८ हजार रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म खर्च लाग्छ । कति पोट लिने सोअनुसार शुल्क बढी लाग्छ । त्यस्तै, बाइमेट्रिक (हाजिरी) मेसिन, सेन्सर लाइट, मोसन डिडेक्टर सेन्सरदेखि स्मार्ट होमका सेवाहरू जस्तैः मोवाइलबाट गेट खोल्ने, लाइटहरू बाल्ने, पर्दा लगाउने, स्वीच, पानी, एमसिभी अन गर्नेलगायत पाइनेछ । स्लाइडिङ गेट सबैभन्दा धेरै मानिसहरूले रुचाएका छन् । यसमा कुरा गरेर डोर खोल्ने, मोवाइलबाट वा बटनबाट पनि खोल्ने सुविधा हुन्छ । जुन स्क्रिनमा पनि देख्न सकिन्छ ।
ड्रिम आइटि नै किन ?
जेन्यून प्रोडक्ट र आफ्टर सेल्स सर्भिस उपलब्ध हुने ।
गुणस्तरीय सर्भिस पाइने ।
अनलाइनभन्दा पनि स्टोर/सोरुम रहेको छ ।
पैसा अनुसारको सामान छनोट गर्न पाइने ।
प्रोडक्ट अनुसारको सेल्स सर्भिस उपलब्ध हुने ।
सात बर्षदेखि यस क्षेत्रमा काम गरिरहेको कम्पनीले शुपति मन्दिर, औद्योगिक समूहहरू तथा केही टिभी च्यानलहरूमा सबै सेटअपका साथै नेट प्रोटेक्सनको काम समेत गरेको छ । कल बेसिस र एएमसी बेसिसमा आफ्टर सेल्स सर्भिस उपलब्ध गराउँदै आएको यस कम्पनीको सेवा लिन ९८१३१३४२४२ र ९८४०५१९४०९ मा सम्पर्क गर्न सकिनेछ ।