images
images

कुमारी बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ?

कुमारी बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ?

मंगलवार, असोज २३ २०८०
मंगलवार, असोज २३ २०८०
  • कुमारी बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ?

    काठमाडौँ / कुमारी बैंकले आकर्षक ब्याजदरमा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी कात्तिक २ गतेदेखि १ हजार रुपैयाँ दरका ५० लाख इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । 

    images
    images

    १० वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदर नै प्रदान गर्ने गरी बैंकले ‘१० प्रतिशत केबीएल डिभेन्चर, २०९०’ जारी गर्न लागेको हो । 

    कूल निष्काशित ऋणपत्र मध्ये, ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य सङ्घसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिनेछ । सो मध्ये ५ प्रतिशत अर्थात् १ लाख इकाई भने सामूहिक लगानी कोषलाई छुट्याएको बैंकले जनाएको छ । 

    इच्छुक लगानीकर्ताहरुले कम्पनीको डिभेन्चरका लागि कात्तिक १२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक १६ गतेसम्म खुला रहने बैंकले जनाएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको डिवेन्चर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार