चर्चित समाचार
  • सांग्रिला डेभलपमेन्ट बैङ्कद्वारा अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, विजयीलाई जनही ६० हजार नगद पुरस्कार

    सांग्रिला डेभलपमेन्ट बैङ्कद्वारा अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, विजयीलाई जनही ६० हजार नगद पुरस्कार

    बिहिवार, बैशाख २० २०८१
    बिहिवार, बैशाख २० २०८१
  • सांग्रिला डेभलपमेन्ट बैङ्कद्वारा अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, विजयीलाई जनही ६० हजार नगद पुरस्कार

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले बृहत रूपमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बैङ्कले आफ्नो शाखाका कर्मचारीहरूको वृत्ति विकासको उद्देश्यले आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगिताको अन्तिम चरण कन्ट्रि राउन्ड आज सम्पन्न भएको हो । 

    गत माघ २६ मा शाखास्तरमा सुरु भएको सो प्रतियोगिता फागुन २८ मा क्लष्टर स्तरमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भई सो प्रतियोगिताबाट छनौट भएकाहरू अन्तिम चरणमा प्रवेश गरेका थिए । उक्त अन्तिम चरणको हाजिर जवाफ प्रतियोगिता आम्रपाली ब्याङ्क्वेट, काठमाडौँमा सम्पन्न भएको हो ।

    हाजिरी जवाफ प्रतियोगितालाई सञ्चालन तथा कर्जा गरि दुई समूहमा वर्गीकरण गरिएको थियो । शाखा स्तरको प्रथम चरणमा ४६४ कर्मचारी सहभागि भएकामा सोबाट विजयी १८७ कर्मचारीले क्लष्टर स्तरको दोस्रो चरणमा भाग लिएका थिए । तत्पश्चात्, दोस्रो चरणमा विजयी तथा उपविजयी भएका सञ्चालन तथा कर्जा समूहका २०–२० जना गरि जम्मा ४० जना प्रतियोगीहरूको अन्तिम चरणको कन्ट्रि राउन्डमा सहभागिता रहेको थियो । 

    सो कार्यक्रममा यस बैङ्कका कार्यकारी एवं उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय तथा इकाइ प्रमुखहरू, क्लष्टर÷सब–क्लष्टर प्रमुख, शाखा प्रमुखहरू तथा अन्य कर्मचारीहरूसमेत गरि भौतिक रूपमा तथा अनलाइन रही करीब ३५० भन्दा बढी कर्मचारीहरूले उत्साहजनक रूपमा सहभागी भइ प्रतियोगीहरूको हौसला बढाएका थिए । 

    उक्त अन्तिम चरणको हाजिर जवाफ प्रतियोगितामा सञ्चालन समूहको तर्फबाट सुर्खेत सव क्लष्टरका महेश रावल तथा हेमन्त वि.सी. विजयी भएका थिए भने धनगढी क्लष्टरका निरज कुँवर तथा गणेश सिंह ठगुन्ना उप विजयी भएका थिए । 

    त्यस्तै, कर्जा समूहका तर्फबाट काठमाडौँ क्लष्टरका चेतन भट्टराई तथा संजु कुमारी श्रेष्ठ विजयी भएका थिए भने विरगंज सव क्लष्टरका लव देव पाठक तथा अरुण ब्लोन उप विजयी भएका थिए । कार्यक्रममा दुई समूहका चार जना विजयी कर्मचारी प्रत्येकलाई नगद ६० हजार रुपैयाँ एवं दुई समूहका उपविजेता चार जना कर्मचारी प्रत्येकलाई नगद ४० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणत्र प्रदान गरिएको थियो । 

    कार्यक्रममा बोल्दै यस बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ बैङ्कको यस बैङ्कको इतिहासमै पहिलो तथा विकास बैङ्कहरूमै नौलो किसिमको यस्तो प्रतियोगिताले कर्मचारीहरूमा सिक्ने÷पढ्ने बानी बसाली वृत्ति विकासमा बलियो टेवा पुग्ने हुनाले आगामी दिनहरूमा समेत बैङ्कले यस्ता कार्यक्रमहरू थप गर्दै जाने विश्वास व्यक्त गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार