images
images

सिटिजन्स बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

सिटिजन्स बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • सिटिजन्स बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन
    images
    images

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा सम्पन्न भएको हो । 

    सभामा आर्थिक बर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एन.एफ.आर.एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ । 

    त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७९÷८० को  मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने रु. ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

    साधारण सभाबाट प्रवल जङ्ग पाण्डे, सीता कार्की (के .सी.), सजन शर्मा र दिग्विजय विष्ट बैंकको संचालक समितिको सदस्य मा निर्वाचित भएका हुन् । 

    सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए । 

    यसका साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्णसरोकार पक्षहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे । 

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट-क्रेडिट-प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार