images
images

किन खुम्चिदै छ सिद्धार्थ बैंकको लाभांश वितरण क्षमता ? पफर्मेन्स कमजोर भएको हो ?

किन खुम्चिदै छ सिद्धार्थ बैंकको लाभांश वितरण क्षमता ? पफर्मेन्स कमजोर भएको हो ?

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • किन खुम्चिदै छ सिद्धार्थ बैंकको लाभांश वितरण क्षमता ? पफर्मेन्स कमजोर भएको हो ?

    काठमाडौँ / सिद्धार्थ बैंकले हालै मात्र गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्ताहरुलाई जम्मा ४.२१ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको हो । सो पनि बोनसमा नभएर नगदमा मात्र वितरण गर्ने भएको हो ।

    images
    images

    बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा कुल १३.१६ प्रतिशत लाभांश वितरण गरेको बैंकले बोनस लाभांश मात्र १२.५ प्रतिशत वितरण गरेको थियो ।

    बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो वर्ष २०७८ को तुलनामा २६ करोड अर्थात् ९.९१ प्रतिशत बढेको हो । बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको प्रतिसेयर ५.६५ रुपैयाँ वितरणयोग्य गर्ने क्षमता रहेको थियो ।

    बैंकको नाफा अघिल्लो बर्षको तुलनामा २६ करोडले बढेपनि बैंकको नन् पर्फमिङ्ग लोन (खराब कर्जा) बढ्दा बैंक समस्यामा फसेको हो । अघिल्लो वर्ष जम्मा ०.९४ प्रतिशत रहेको बैंकको एनपीएल दर पछिल्लो वर्ष ह्वात्तै बढेर २.०१ प्रतिशत पुगेको छ ।

    समीक्षा वर्षमा बैंकले २ खर्ब २३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गर्दै जम्मा १ खर्ब ८४ अर्ब ४ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सो मध्ये पनि ३ अर्ब ७० करोड रुपैयाँ माथिको खराब कर्जा (उठ्न नसकेको लगानी) ले गर्दा बैंकलाई समस्यामा पारेको हो । हाल बैंकको चुक्ता पुँजी १२.५० प्रतिशत बढेर १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ, जगेडा कोष २५.३६ प्रतिशत बढेर ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।

    बैंकको १० बर्षे लाभांश इतिहास हेर्ने हो आर्थिक वर्ष २०७९/८०को लाभांस बैंकले दिएको अहिले सम्म कै कमजोर हो। बैंकको १० वर्षको लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा ३९ प्रतिशत लाभांश वितरण गरेको थियो भने सबैभन्दा थोरै गएको आर्थिक वर्ष २०७९/८० को हालै मात्र घोषणा गरिएको ४.२१ प्रतिशत लाभांश रहेको छ।

    यस्तो छ बैंकको १० बर्षे लाभांश इतिहास

    बैंकको १० वर्षे इतिहास हेर्ने भने २ आर्थिक वर्षमा नगद लाभांश दिएको छैन भने २ आर्थिक वर्षमा बोनस सेयर र १ आर्थिक बर्ष अर्थात भालु आर्थिक बर्षमा नगद शेयर दिएको छैन । बैंकको लाभांश इतिहास हेर्ने हो भने बैंकले नगद लाभांश भन्दा बोनस सेयरमा जोड दिएको छ ।

    १० बर्ष यता बैंकले सबैभन्दा धेरै बढी लाभांश आर्थिक वर्ष २०७२/७३ मा दिएको छ । बैंकले सो आर्थिक वर्षमा बोनस सेयरबाट सेयरधनीहरुलाई ३९ प्रतिशत दिएको हो ।

    त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १० प्रतिशत बोनस र १५.२६ प्रतिशत नगद गरी कुुल २५.२६ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा १२ प्रतिशत बोनस र ११.१६ प्रतिशत नगद गरी कुल २३.१६ प्रतिशत लाभांश दिएको छ ।

    यसरी सम्रगमा हेर्ने हो भने बैंकले १० बर्षमा १३८.७५ प्रतिशत बोनश र ४४.२५ प्रतिशत नगद लाभांश आफ्ना शेयरधनीहरूलाई दिएको छ ।

    बैंकले कुन आर्थिक बर्षमा कति बाँड्यो लाभांश ?

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार