images
images

अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा दुईले बढाए, कुनको कति ?

अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा दुईले बढाए, कुनको कति ?

नयाँ ब्याजदरअनुसार १४ वटा बैंकहरुले असोजको तुलनामा ब्याजदर घटाएका छन्, ४ बैंकले असोज महिनाकै ब्याजदरलाई यथावत राखेका छन् भने २ बैंकले भने बढाएका छन् ।

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा दुईले बढाए, कुनको कति ?

    काठमाडौँ / हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुले मंगलबार प्रकाशित गरेको सूचना अनुसार अधिकांश बैंकहरुको ब्याजदर घटेको हो ।

    वाणिज्य बैंकहरुको नयाँ ब्याजदर तथ्याङ्क अनुसार १४ वटा वाणिज्य बैंकहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् । साथै, ४ बैंकले असोज महिनाकै ब्याजदरलाई यथावत राखेका छन् भने २ बैंकले भने बढाएका छन् ।

    वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् । अघिल्ला महिनामा ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेर ब्याजदर बढाएका अधिकांश बैंकहरुले कात्तिक महिनाको लागि घटाएर ब्याजदर सार्वजनिक गरेका छन् ।

    २० बैंकहरुमध्ये असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने एभरेष्ट बैंक रहेको छ। बैंकले कात्तिकका लागि ब्याजदर १.८३ प्रतिशतविन्दुले घटाएको छ। असोज महिनामा ११.०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, कात्तिक महिनामा ९.२२४ प्रतिशतमा झरेको छ। यसअघि असोजमा बैंकले ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गरिरहेको थियो ।

    यस्तै, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने असोज मसान्तकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यता नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने ब्याजदर बढाएका छन्। 

    कुन बैंकको ब्याजदर कति ? 

    प्राइम कमर्सियल बैंकले कात्तिकमा १.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ ११.३५८ प्रतिशत र संस्थागततर्फ ९.३५८ प्रतिशत ब्याजदर तोकेको थियो ।

    नबिल बैंकले कात्तिकमा १.०५४ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कात्तिकमा १.०२ प्रतिशत घटाएर व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । प्रभु बैंकले कात्तिकमा ०.७७६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ ।  तोकेको थियो ।

    सानिमा बैंकले कात्तिकमा ०.७२९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, ग्लोबल आइमई बैंकले कात्तिकमा ०.५ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ । कृषि विकास बैंकले कात्तिकमा ०.२५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ । 

    त्यसैगरी, कुमारी बैंकले कात्तिकमा ०.१ प्रतिशत घटाएर व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ १०.११ प्रतिशत र संस्थागततर्फ ८.११ प्रतिशत ब्याजदर तोकेको थियो ।

    यस्तै, सिटिजन्स बैंकले ०.०९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत ब्याजदर तोकेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.७ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल बैंकले ०.०६९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याजदर तोकेको थियो ।

    यस्तै, हिमालयन बैंकले ०.०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत एनआईसी एशिया बैंकले ०.०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ । भने माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेका छन् ।

    यस्तै, नेपाल एसबिआई बैंकले कात्तिकमा ०.७ प्रतिशत बढाएर व्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

    यस्तै, एनएमबि बैंकले कात्तिकमा १.०१३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार