images
images

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, साधारण बचत खातामा ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, साधारण बचत खातामा ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, साधारण बचत खातामा ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।

    images
    images

    बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.९५ प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

    बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५० प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशत ब्याजदर तोकेको छ ।

    राष्ट्रिय वाणिज्य बैंक रिकरिङ्ग मुद्धती निक्षेप र फूल डबल मुद्धती खातालाई २०७९ माघ १ गते देखि लागु हुने गरि बन्द गरिएको बैंकले जनाएको छ । उपभोक्ता समितिको चल्ती खाता शून्य मौज्दातमा खोल्न सकिने छ ।

    यस्तै, २०७९ माघ १ गते देखि खोलिने सबै प्रकारको मुद्धती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी गरिने बैंकले बताएको छ । बैंकका अनुसार महालक्ष्मी र कर्मयोगी बचत खाता खोल्दा लकर शुल्कमा २५ प्रतिशत छुट हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार