चर्चित समाचार
  • एनआईसी एशिया लघुवित्तले २६ करोड ९ लाखबढी नगद लाभांश वितरण गर्ने

    एनआईसी एशिया लघुवित्तले २६ करोड ९ लाखबढी नगद लाभांश वितरण गर्ने

    बुधवार, कार्तिक १ २०८०
    बुधवार, कार्तिक १ २०८०
  • images
    images
    एनआईसी एशिया लघुवित्तले २६ करोड ९ लाखबढी नगद लाभांश वितरण गर्ने

    एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई नगद लाभा.श वितरण गर्ने भएको छ । संस्थाको सञ्चालक समितिकोे १८८औँ बैठकले संस्थाका सेयरधनीहरूलाई गत आ.व. २०७९/८० को सञ्चित मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    लघुवित्तको हाल कायम चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रूपैयाँको १५ प्रतिशत अर्थात २६ करोड ९ लाख १६ हजार बराबरको नगद लाभांश (कर प्रयोजन सहित) नेपाल राष्ट्र बैङ्कको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी छैठौँ वार्षिक साधारण सभाबाट पारित भए पश्चात् लागु हुने गरी वितरण गर्ने निर्णय भएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले स्थापना भएको ६ वर्ष पुरा गरेसँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरूलाई प्राथमिकतामा राखेको छ ।

    यस आ.व. २०८०/८१ को प्रथम त्रयमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २ लाख ९ हजार ८२५ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।

    राष्ट्रिय स्तरको अग्रणी लघुवित्त संस्थाको रूपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुँच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको छ ।
    यसका साथै, यस वित्तीय संस्थाले पछिल्लो समयमा अग्निपिडित परिवारहरूलाई खाद्यान्य तथा सामाग्री सहयोग, शितलहरबाट पिडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धा आश्रमलाई नगद सहयोगलगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरू गरी सामाजिक कार्यहरूमा समेत आफुलाई स्थापित गर्दै आएको छ । 

    यसका साथै संस्थाले ग्राहक सदस्यहरूको स्थायित्व, प्रगती तथा लघुवित्त कार्यक्रमको सुधार तथा स्थायित्वको लागि शिक्षा, स्वास्थ तथा व्यवसाय प्रवद्र्धनमा नियमित रूपमा लाग्दै स्थापना देखि हाल सम्म गा्रहक संरक्षण कोषबाट रू. ४ करोड भन्दा बढी खर्च गरिसकेको छ ।

    “साथी सँगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित भईरहेको छ । 

    त्यस्तै, उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरूमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरूमा पनि सोहि अनुरूप कार्य गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार