images
images

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, १० अर्ब ४६ करोड बढीको कारोबार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, १० अर्ब ४६ करोड बढीको कारोबार

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, १० अर्ब ४६ करोड बढीको कारोबार
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ५१.११ अङ्कले घटेर २ हजार ७ सय २.६५ को विन्दुमा कायम भएको हो। यो १.८५ प्रतिशतको गिरावट हो । 

    आज ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर १ लाख ५ हजार ८२७ पटक खरिद बिक्री हुँदा १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ३.१७ र जलविद्युत् समूह ३.०७ प्रतिशतले घटेको छ । बैंकिङ १.११, विकास बैंक २.२९, वित्त २.३१, लगानी २.०८, जीवन बीमा १.९४ र उत्पादन तथा प्रशोधन १.४८ प्रतिशतले घटेको छ।

    लघुवित्त समूह १.५०, म्युचुअल फन्ड ०.१५, निर्जीवन बीमा १.६९, व्यापार २.२१ र अन्य समूह १.५८ प्रतिशतले घटेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । 

    सबैभन्दा धेरै घट्नेमा ङादी ग्रुप पावर लिमिटेडको ९.२५ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा उच्च देखिएको छ । 

    आज यो कम्पनीको ४६ करोड ६८ लाख ९९ हजार आठ सय पाँच बराबरको आठ लाख ८८ हजार तीन सय १९ कित्ता शेयर किनबेच भएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार