images
Logo
images
images
images

राष्ट्रसंघका महासचिव गुटेरसले दिउँसो २ बजे प्रधानमन्त्री र ४ बजे राष्ट्रपतिलाई भेट्ने, अन्य कार्यक्रम केके छन् ?

राष्ट्रसंघका महासचिव गुटेरसले दिउँसो २ बजे प्रधानमन्त्री र ४ बजे राष्ट्रपतिलाई भेट्ने, अन्य कार्यक्रम केके छन् ?

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • images
    images
    राष्ट्रसंघका महासचिव गुटेरसले दिउँसो २ बजे प्रधानमन्त्री र ४ बजे राष्ट्रपतिलाई भेट्ने, अन्य कार्यक्रम केके छन् ?

    काठमाडौं/  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका छन्।

    images
    images

    प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्।


    महासचिव गुटेरसले आज आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई करिब २ बजे राष्ट्रपति भवन शितल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्ने कार्यक्रम छ।

    प्रधानमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री र गुटेरसले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ।

     उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत  गरिएको थियो । 

     

    सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए। महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

    महासचिव गुटेरेसले कसकसलाई भेट्नेछन् ? 

    महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन्।  

    उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ।

    भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्।
     
    प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गरेका छन्।

    नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी भ्रमणः 

    भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्। आगामी मङ्गलबार अपराह्न ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

     शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल

    सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ।

    राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार