images
images

बेइजिङद्वारा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी

बेइजिङद्वारा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • बेइजिङद्वारा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी

    बेइजिङ / बेइजिङका अधिकारीहरूले उच्च वायु प्रदुषण नियन्त्रणका लागि सोमबारदेखि अरेन्ज अलर्ट जारी गरेका छन् । बेइजिङको चेतावनी प्रणालीमा दोस्रो सबैभन्दा ठूलो अरेन्ज अलर्ट सहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार दिनसम्म मध्यम वायु प्रदूषण हुँदा जारी गरिन्छ ।

    images
    images
    images
    images

    मङ्गलबारदेखि बिहीबारसम्म आपत्कालीन प्रतिक्रिया उपायहरूको शृङ्खला लागू गरिनेछ जसमा व्यापक प्रदूषण फैलाउने सवारी साधनमाथि अनिवार्य यातायात प्रतिबन्ध लगाइने छ ।

    बेइजिङ म्युनिसिपल इकोलोजी एन्ड इन्भाइरोमेन्ट ब्यूरोले बालबालिका, वृद्ध, हृदय वा दीर्घ स्वास्थ्य समस्याबाट पीडित मानिसलाई घरभित्रै बस्न र अन्य मानिसलाई बाहिरी गतिविधि कम गर्न सल्लाह दिएको छ ।

    ब्यूरोले प्रतिकूल मौसमका कारणले बेइजिङ र छिमेकी क्षेत्रमा धुवाँ देखिएको बताएको छ । मौसम पूर्वानुमानअनुसार बेइजिङमा वायु प्रदूषणको विद्यामान अवस्था शुक्रबार समाप्त हुने अपेक्षा गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार