images
images

चीनमा रोबोटिक्स क्रान्ति, हेनुस् कसरी काम गर्छ ?

चीनमा रोबोटिक्स क्रान्ति, हेनुस् कसरी काम गर्छ ?

आइतवार, फागुन २५ २०८१
आइतवार, फागुन २५ २०८१
  • images
    images
    चीनमा रोबोटिक्स क्रान्ति,  हेनुस्  कसरी काम गर्छ ?
    images
    images

    चीनको शेन्जेन क्षेत्र रोबोटिक्स क्रान्तिका रुपमा अग्रणी देखिएको छ । टेक हब शेन्जेनले चीनको रोबोटिक्स क्रान्तिको नेतृत्व नै गरिरहेको छ ।
    शेन्जेनको रोबोटिक्स क्षेत्रले चीनमा प्रभुत्व नै जमाइरहेको छ । अपटेकका प्रमुख ब्रान्ड अफिसर, माइकल ट्याम एआई सहअस्तित्वको युगमा रोबोटहरु महत्वपूर्ण हुने दाबी गर्छन् ।

    images
    images

     

    तथ्याङ्क अनुसार ५१,१०० रोबोट सम्बन्धित उद्यमहरू, र १७९.७ बिलियन युआन, वा २५ बिलियन अमेरिकी डलर बराबरको कारोबार रोबोटिक्स उद्योगहरुले गरिरहेका छन् ।

    चीनका कतिपय स्थानमा अर्थात साना इलेक्ट्रोनिक्स बजारमा, रोबोटका पार्टपुर्जाहरू बबल टी जस्तै बेचिने गरेको समेत पाइन्छ ।

     

    शेन्जेनमा रोबोटिक्सको औद्योगिक विकास सम्बन्धी २०२३ को श्वेतपत्रका अनुसार बाओआन जिल्लाको औद्योगिक पार्कमा ८० प्रतिशत कम्पोनेन्टहरू ५० किलोमिटरको दायरा भित्रबाट प्राप्त गरिन्छ, जसले गर्दा लागत ३० प्रतिशतले घटेको छ ।

    वास्तवमा शेन्जेन क्षेत्र १० अर्ब युआन वा १.४ अर्ब अमेरिकी डलरको सरकारी प्रतिबद्धताका साथ उत्कृष्ट विज्ञान–प्रविधि नवप्रवर्तन इकोसिस्टम सिर्जना गर्ने अठोटका साथ काम समेत गरिरहेको छ । यतिबेला शेन्जेन क्षेत्र रोबोट निर्माणका लागि उत्कृष्ट ठहरिदै गएको छ । (सीसीटीभीप्लस)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार