images
images

महासचिव गुटेरेस पुगे लुम्बिनी, गुटेरेसको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारमा सहयोग पुग्ने

महासचिव गुटेरेस पुगे लुम्बिनी, गुटेरेसको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारमा सहयोग पुग्ने

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • महासचिव गुटेरेस पुगे लुम्बिनी, गुटेरेसको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारमा सहयोग पुग्ने

    लुम्बिनी / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । उनी निर्धारित तालिकाभन्दा दुई घण्टा ढिलो गरी लुम्बिनी आइपुगेका हुन् ।महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट सिधैँ गौतमबुद्ध विमानस्थलमा ओर्लिएका थिए भने त्यहाँबाट हेलिकोप्टरमा लुम्बिनी आइपुगेका हुन् । 

    images
    images

    महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरेका छन् ।  पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइए पनि बेसक्याम्पमा भएको ढिलाइका कारण दुई घण्टा ढिलो मात्र लुम्बिनी आइगेका हुन् । 

    सुरक्षा व्यवस्थालाई ध्यान दिँदै मङ्गलबार बिहानैबाट यहाँस्थित मायादेवी मन्दिरमा सर्वसाधारणलाई रोकिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले  प्रधानमन्त्रीको उपस्थितिमा हुने महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारमा सहयोग पुग्ने बताए । 

    उनले लुम्बिनीको विकास र संवर्धनमा संयुक्त राष्ट्रसङ्घको भूमिकालाई आगामी दिनमा थप प्रगाढ बनाउन भ्रमण फलदायी हुने अपेक्षा गरेको बताए । 

    गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका छन् ।

    गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भको निरीक्षण र भ्रमण गर्ने कार्यसूची छ । उनलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउँमा रहेको पीपलको रुखमुनि स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

    लुम्बिनीमा करिब डेढ घन्टा बिताएपछि काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको छ । कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटेरेसले आफ्नो धारणा राख्ने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिइन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार